रुपन्देही । बाँगी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीले हरितालिका तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मालारानी गाउँपालिका वडा न. ५ का पुर्व वडा अध्यक्ष शोभाखर भुसालको प्रमुख आतिथ्यमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बाँगीबाट रुपन्देहीमा आएर बसोबास गर्ने,जागिर,ब्यापारको सिलशिलामा रहनुहुने तथा सामाजिक सेवामा रहनुहुने सबै खाले प्रभुंत्वशाली ब्यक्तिहरुको सहभागिता रहेको थियो । यस कार्यक्रमको मुख्य उदेश्य सस्कूंतिको जगेर्ना गर्नुका साथै सामाजिक सदभाव कायम गर्न र एकआपसमा परिचय गराउने थियो । उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।
रुपन्देही जिल्लाको बेल्वासस्थित अर्घाखाँची पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रम समाजका अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।