काठमाडौं । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको छ। शुक्रबार अबेर गएको भूकम्पका कारण माटोको इँटा, ढुङ्गा र काठका घरहरू फुटेका र मस्जिदका मीनारहरू भत्किएका ढलानमा पुरिएका हरूको छिमेकीहरू अझै पनि खोजी गरिरहेका छन्।
ऐतिहासिक पुरानो शहर माराकेचमा पनि ठूलो क्षति पुगेको छ। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। गृह मन्त्रालयले दुई हजार १२ जनाको मृत्यु भएको र दुई हजार ५९ जना घाइते भएको जनाएको छ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६ दमबलव ८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु माराकेचबाट करिब ७२ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो भूकम्पको केन्द्रविन्दु नजिकै रहेको अमिज्मिज गाउँमा उद्धारकर्मीहरूले खाली हातले भग्नावशेषबाट बाहिर निकालेका थिए।
ढलेका चिनाईले साँघुरा सडकहरू अवरुद्ध पारेका थिए। अस्पतालबाहिर करिब १० जनाको शव कम्बलले ढाकिएको थियो भने शोकमा डुबेका आफन्तहरू नजिकै उभिएका थिए।