Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जोडियो काठमाण्डौं–छिन्ताओ हवाई उडान


२४, भदौ २०८०
  • 124
    SHARES
  • जोडियो काठमाण्डौं–छिन्ताओ हवाई उडान

    काठमाडौं । चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं–छिन्ताओ–काठमाडौं रुटमा सिधा उडान थालेको हो ।

    कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको हिमालयको जहाज छिन्ताओकोे जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने भएको छ । यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कुल यात्रु संख्या एक सय जना रहेका छन् ।

    यो उडानको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँतीले गर्नुभएको हो । नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ, हिमालय एयरलाइन्स्का अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठ समेत उपस्थित हुनुहुन्थ्यो ।

    छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो । यस शहरले एसियालाई युरोपसँग जोड्छ । सो अवसरमा राजदूत सोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताउनुभयो।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend