Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बिपीको विचारलाई अङ्गीकार गरौँ : डा.शेखर कोइराला


२४, भदौ २०८०
  • 147
    SHARES
  • बिपीको विचारलाई अङ्गीकार गरौँ : डा.शेखर कोइराला

    मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताउनुभयो । उहाँले सबै कांग्रेसी कार्यकर्ता एक ढिक्का भएर अघि बढ्न समेत आग्रह गर्नुभयो । 

    बिपीले भन्नुभएको सिद्धान्तअनुसार पैसाको अभावले कोही पनि नागरिक पढ्नबाट वञ्चित हुनु नपर्ने, सामाजिक सुरक्षा र सामाजिक न्यायमा सबैको उत्तिकै पहुँच हुनुपर्ने कुरालाई राज्यले अङ्गाल्न नसकेकोमा आफूलाई दुःख लागेको बताउनुभयो । देशको परराष्ट्रनीति कमजोर हुँदा विदेशीले हेप्ने परिपाटी देखिएकाले परराष्ट्र नीति बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले देशमा दण्डहिनता बढेको भन्दै राज्य उत्तरदायित्व र पारदर्शी हुन नसकेको आरोप लगाउनुभयो । 

    कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सिङ्गो लोकतान्त्रिक व्यवस्थामाथि भएको भन्दै बिपीको आर्दश सिद्धान्त भुलेका कारण यस्तो अराजकता बढेको उहाँको धारणा छ । बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देशमा जातीय द्वन्द्वले देशलाई विखण्डित बनाउने भन्दै भ्रष्टाचार दण्डहिनता र पारदर्शीताको विचारलाई गम्भीर भएर बुझ्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी भएको भन्दै यसलाई सुधार गरेर एक ढिक्का हुन नेता र कार्यकर्तालाई आग्रह गर्नुभयो । 

    बिपी विचार समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभापति एंव प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ, प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, जिल्ला सभापति बुद्ध लामा, चितवनका जिल्ला सभापति राजेश्वर खनाललगायतले बिपीका विषयमा विचार राख्नुभएको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend