Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अन्तर्राष्ट्रिय तेक्वाण्डो प्रतियोगिता यसै साता हुने


२४, भदौ २०८०
  • 162
    SHARES
  • अन्तर्राष्ट्रिय तेक्वाण्डो प्रतियोगिता यसै साता हुने

    काठमाडौँ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वाण्डो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वाण्डो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ । 

    प्रतियोगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार सात सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वाण्डो सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

    यसअघि नेपाली खेलाडीमात्र भाग लिने यस प्रतियोगितामा पहिलो पटक भारत र बङ्गलादेशका खेलाडीले सहभागिता जनाउनेभएका छन् । भारतबाट ३५ र बङ्गलादेशबाट ३३ खेलाडीले भाग लिने आयोजक सङ्घले जनाएको छ ।

    उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ३५ लाख खर्च लाग्ने आयोजकको भनाइ छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा आयोजना हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने आयोजक सङ्घले जनाएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend