रोल्पा। जन-नायक विश्वेश्वर प्रसाद कोइरालाको ११०औं जन्म जयन्तीको अवसरमा आयोजित बीपी,राजनीति र साहित्य विषयक विचार गोष्ठी एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति रोगको आयोजना र नेपाली लेखक संघ जिल्ला कार्यसमिति रोल्पाको संयोजनमा संयुक्त कार्यक्रम सम्पन्न भएको हो। आइतबारका दिन सुशील कोइराला स्मृति भवन नेपाली कांग्रेस रोल्पाको आफ्नै सभाह्लमा सम्पन्न भएको नेपाली कांग्रेस रोल्पाले जानकारी दिएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाका पार्टी सभापति किशोर कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सभापति माधव प्रसाद आचार्य,नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सभापति कृष्ण बहादुर घर्ती मगर,नेपाली कांग्रेस रोल्पा नगरपालिकाका नगर सभापति चन्द्र प्रकाश आचार्य,नेपाली लेखक संघका केन्द्रिय कोषाध्यक्ष दामु मसिफुल,अग्रज साहित्यकार डिबी टुहुरो,नेपाल तरुण दल रोल्पाका सचीव लिलाधर आचार्यको सहभागितामा सम्पन्न भएको थियो ।
त्यस्तै नेपाल विद्यार्थी संघ रोल्पाका सभापति योगेन्द्र अनुपम जिसी,नेपाल किसान संघ रोल्पाका सभापति खिमलाल वली,नेपाल आदिवासी जनजाति संघ रोल्पाका अध्यक्ष दिलमन पुन,नेपाल शिक्षक संघ रोल्पा अध्यक्ष हुमलाल बिष्ट,नेपाल कर्मचारी युनियन संघ रोल्पाका अध्यक्ष इन्द्रिरा अधिकारी,नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द,नेपाल लोकतान्त्रकवादी आदिवासी जनजाती महासंघ रोल्पाका अध्यक्ष श्रीकुमारी घर्ती मगर,जलजला बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक कमल खड्कालगायत नेपाली कांग्रेसमा आवद्ध विभिन्न भातृ संघ तथा शुभेच्छुक संघमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो।
नेपाली लेखक संघ जिल्ला कार्यसमिति रोल्पाका सचीव रेखा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाका सचीव शेर बहादुर थापाले गर्नुभएको थियो। बीपी कोइरालाको बारेमा जति चर्चा परिचर्चा गरेपनि नसकिने जननायक विश्वेश्वर प्रसाद कोइरालाको ११०औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य विषयक विचार गोष्ठीमा बोल्दै अग्रज साहित्यकार डिबी टुहुरोले बताउनुभयो।
अहिले रोल्पामा मात्र नभएर देशभरीनै बीपी बारेमा प्रचार/प्रसार गर्न नसक्नु नेपाली कांग्रेस र नेतृत्वको कमजोरी भएको बताउनुभयो। पछिल्लो समय युवा पुस्तामा बीपीको इतिहास र योगदानको ज्ञान दिन नसक्नु अहिलेको नेतृत्वको ठूलो कमजोरी भएको बताउनुभयो। युवा जगतमा बीपीको विचार र बैचारिक धारणा छर्नका लागि अहिले प्रशिक्षणको आवश्यक रहेकोे बताउनुभयो।
बीपी कोइरालाको राजनीति यात्रा आतंकवादबाट सुरु भएको देखिन्छ जननायक विश्वेश्वर प्रसाद कोइरालाको ११०औं जन्म जयन्तीको अवसरमा आयोजित राजनीति विषयक विचार गोष्ठीमा बोल्दै नेपाली लेखक संघका केन्द्रिय कोषाध्यक्ष दामु मसिफुलले बताउनुभयो।
बीपी भारत हुँदा त्यहाँको विभिन्न आन्दोलनमा सहभागी भइ उहाँ करिब तीन महिना जेल जीवन बिताएको र पछि बीपीले सफाइ पाएपछि उहाँले आतंकवाद गरेको महशुस गरेको बताउनुभयो। नेपालमा राजतन्त्र विरुद्ध प्रजातन्त्र ल्याउनमा बीपीको ठूलो योजना रहेको बताउनुभयो। उहाँले भन्नुभएको थियो । प्रत्येकको घरमा खान पुगोस्,प्रत्येकको घरमा एक दुहोनो गाई होस् भन्नु भएको थियो।
बीपी राजनीतिमा मात्र होइन उनी एक साहित्यकार पनि हुन उहाँको धेरै साहित्य कृतिहरु प्रकाशन चर्चामा रहेको समेत बताउनुभयो। बीपीको राष्ट्रियता,लोकतन्त्र र समाजवाद निर्माणमा महत्त्वपूर्ण योजना रहेको बताउनुभयो।
बीपीलाई पश्चिमी राष्ट्रका नेताहरुले मान्ने गर्दथे तर अहिले नेपाली कांग्रेसले नमान्नु दुस्खद पक्ष भएकोले अहिलेका नेतृत्वहरु कमजोरी हुँदै गरेको समेत बताउनुभयो। उहाँको राजनीति सामान्य तवरले अगाडि बढेको र अहिलेको नेतृत्वमा पनि उहाँको जस्तो राजनीतिको विकास गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो।
बीपीको समाजवादलाई नेपाली कांग्रेसले बेवास्ता गरेको जस्तो देखिन्छ र नेपालमा अहिले कम्युनिस्टहरुले अनुसरण गरेर अगाडि बढेको समेत बताउनुभयो अग्रज साहित्यकार डिबी टुहुरो र नेपाली लेखक संघका केन्द्रिय कोषाध्यक्ष दामु मसिफुलले बीपी सम्बन्धि साहित्य रचना वाचन समेत गर्नु भएकोे थियो।