Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज


२५, भदौ २०८०
  • 292
    SHARES
  • अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

    अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।

    आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताउनुभयो  ।

    कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आ.व २०७९/८० मा प्रदेश सरकारको पुँजीगत तर्फको रु एक अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये रु २० करोड ५६ लाख ६२ हजार ९४ बजेट फ्रिज भएको हो । चालु तर्फ रु ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये रु १३ करोड दुई लाख ७६ हजार दुई सय २२ फ्रिज भएको छ ।

    यस्तै सङ्घीय सरकारको चालु तर्फको रु पाँच अर्ब ३९ करोड २१ लाख ६५ हजार सात सय ४२ विनियोजित बजेटमध्ये रु १८ करोड ५३ लाख ७५ हजार नौ सय ३२ बजेट फ्रिज भएको छ । सङ्घीय सरकारको पुँजीगत तर्फ रु एक अर्ब ५१ करोड ९५ लाख ७२ हजार छ सय विनियोजित बजेटमा रु १३ करोड ८६ लाख ७९ हजार छ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ ।

    अर्घाखाँचीमा आ.व २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत रु. एक अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र सङ्घीय सरकारको पुँजीगत तथा चालुतर्फ रु छ अर्ब ९१ करोड १७ लाख ३८ हजार तीन सय ४२ गरी रु आठ अर्ब ९० करोड ३६ लाख ४८ हजार पाँच सय ३५ बजेट विनियोजन भएको थियो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend