Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

उत्तर कोरियाद्वारा रुसमाथि मिसाइल प्रहार


२७, भदौ २०८०
  • 134
    SHARES
  • उत्तर कोरियाद्वारा रुसमाथि मिसाइल प्रहार

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । रुसको भोस्टोचनी कस्मोड्रोममा भएको भेटवार्ताको केही समयपछि प्योङयाङले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको गरेको छ ।

    रुसको सरकारी समाचार एजेन्सी आरआइए भनेको छ, ‘पुटिनको आगमनको खबर पाएको केही मिनेटपछि नै किम बुधबार बिहान रुसको पूर्वी अमुर क्षेत्रको कस्मोड्रोममा आइपुगेको थिए ।’ क्रेमलिनले उपलब्ध गराएको भिडियोअनुसार उनीहरूले भेटेर हात मिलाउनुभएको थियो ।’

    रुसको सरकारी मिडियाले भनेको छ, ‘युटिनले किमलाई भने यहाँलाई देख्न पाउँदा धेरै खुसी लागेको छ, त्यसैगरी किमले व्यस्तताका बाबजुद पनि रुस भ्रमणको निमन्त्रणा गरेको भन्दै पुटिनलाई धन्यवाद दिनुभयो ।’ उत्तर कोरियाली नेताको साथमा सैन्य र हतियार उद्योगका शीर्ष अधिकारीहरू छन् । किम–पुटिन वार्ताले सम्भावित हतियार बिक्रीलाई मूर्तता दिने अपेक्षा गरिएको छ । 

    आरआइएको रिपोर्टअनुसार केही समय अघि दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट दुई छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको बताएका छन् । लन्च गरिएका हतियारको प्रकार वा दायराको बारेमा तत्काल कुनै विवरण आएको छैन ।

    दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले तथ्यांकको विश्लेषण गरिरहेको बताउनुभएको छ । भने जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले कूटनीतिक माध्यमबाट उत्तर कोरियाको विरोध गरेको जनाउनुभएको छ । उहाँका अनुसार दुईवटा क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र (इइजेड) बाहिर समुद्रमा खसेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend