Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तिज गीत,नृत्य प्रतियोगिता तथा दरखाने कार्यक्रम सम्पन्न


२९, भदौ २०८०
  • 421
    SHARES
  • तिज गीत,नृत्य प्रतियोगिता तथा दरखाने कार्यक्रम सम्पन्न

    बुटवल । अन्नपूर्ण माध्यमिक विद्यालय,मोडल कलेज र बुटवल उप–महानगरपालिका वडा नं. ६ को संयुक्त आयोजनामा तिज गीत,नृत्य प्रतियोगिता तथा दरखाने कार्यक्रम सम्पन्न भएको  छ । अन्नपुर्ण मा.विको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले उद्धघाटन गर्नुभएको हो । 

    कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य जमुना ढकालले यस्ता कार्यक्रमले संस्कृतिको संरक्षण गर्नुका साथै समाजमा सद्भाव कायम हुने जिकिर गर्नुभयो । उहाँले चाडपर्वहरु भड्किलो र तडकभडक रुपमा नमनाउन सुझाव दिनुभयो । 

    त्यस्तै बुटवल उप–महानगर‌पालिका प्रमुख खेल राज पाण्डेले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । उहाँले बुटवलको विकास र सम्वृद्धिका लागी सबैको साथ र सहयोग बिना असम्भव रहेको बताउदै शैक्षिक क्षेत्रको विकासको लागी पालिका सधै साथमा रहेको बताउनुभयो । 

    कार्यक्रममा प्याव्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे,रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री,बुटवल उप–महानगरपालिका जनप्रतिनिधि पम्फा कुमारी थापा,तारा गहतराज,प्रशान्त पाण्डे , चिनो श्रेष्ठ,बुटवल उपमहानगर‌पालिका उपसभापति ज्योति भण्डारी,स्थानिय दलका नेता लगायतको सहभागिता रहेको थियो । 

    प्रतियोगितामा विद्यालयका १२ समूह र टोल समितिका ८ गरी २० वटा समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा कालिका टोल विकास संस्था,काल्वायन होल बिकास संस्था लक्ष्मी मेडेको लक्ष्मी प्रधानको समूह,मिलिजुली टोल विकास संस्था देवी –दायको समूह,सुन्दर शान्ति टोल बिकास संस्था,दुर्गा मन्दिर टोल विकास संस्था,चन्द्र नगर टोल विकास संस्था,अमर बुद्ध टोल विकास र विद्यालयका गरी १० समूहले भाग लिएका थिए । 

    प्रतियोगितामा विद्यालयतर्फ कक्षा ९ को समूह प्रथम, ८ कक्षाको समूह दोस्रो, १० कक्षाको समूह तृतीय र कक्षा ३ को समूह शान्त्वना स्थान प्राप्त गरेका छन् । विजेता हुने प्रथमलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र शान्त्वनालाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयले अन्नपूर्ण बाल क्लवको लोगो सार्वजनिक गरेको थियो ।

    377543660_972777390499908_1748591478472877979_n.jpg
    undefined

    कार्यक्रम बुटवलमहानगरपालिका वडा नं– ६ वडाध्यक्ष  लोकनाथ न्यौपाने र अन्नपूर्ण मा.विका अध्यक्ष डा.धर्मराज भट्टराईको संयुक्त अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम अन्नपूर्ण मा.वि.का कोर्डिनेटर विष्णु पौडेलको स्वागत मन्तव्य र प्रवन्ध निर्देशक मित्रहरि आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो । 

    1.jpg

    2.jpg

    4.jpg

    5.jpg

     

     

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend