रोल्पा।नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको आयोजनामा पालिका सम्मेलन हुने भएको छ।भदौ ३० गते शनिबारका दिन नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सम्मेलन हुन लागेको हो।
कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन आउन लाग्नु भएको नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ।हामीले नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सम्मेलन गर्न लागेका छौँ नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका सभापति खडक घर्ती मगरले भन्नुभयो।
कार्यक्रम परिवर्तन गाउँपालिकाको सभाह्ल पुतलाचौरमा बिहान ११ बजेदेखि हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका कार्यसमितिका पदाधिकारी,वडाका सभापति,नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका जनप्रतिनिधि,नेपाली कांग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संघका प्रमुख लगायत सदस्यहरु,नेपाली कांग्रेस परिवर्तन गाउँपालिकामा आवद्ध क्रियाशिल सदस्यहरु र साधरण सदस्यहरुलाई पालिका सम्मेलनमा उपस्थित हुने जनाईएको छ ।