Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नगरप्रमुख खाँडद्वारा १४९ जना विद्यार्थीलाई छात्रबृत्ति


२९, भदौ २०८०
  • 223
    SHARES
  • नगरप्रमुख खाँडद्वारा १४९ जना विद्यार्थीलाई छात्रबृत्ति

    रुपन्देही । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सामुदायिक विद्यालयका १४९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नु भएको छ ।

    ५९ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा नगरपालिकामै आयोजित कार्यक्रममा उहाँले आफ्नो सेवा सुविधावाट वापत पाउने रकमबाट नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ५ हजार रुपैयांका दरले छात्रवृत्ति वितरण गर्नु भएको हो। 

    आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर आफ्नो सेवा सुबिधा नलिएर छात्रवृत्ति बितरण गरेको नगरप्रमुख खाणले बताउनुभयो।

    नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन गरेको छ । सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । 

    उहाँका अनुसार यो वर्ष छात्रवृत्तिमा ७ लाख ४५ हजार खर्च भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको स्वागतमा शुरु सो कार्यक्रममा कक्षा ८ , एस ई ई तथा १२ कक्षमा उच्च अंक ल्याउने बिद्यार्थी र बिद्यालयलाई समेत सम्मान गरिएको थियो। 

    पारिश्रमिकको रकम छात्रवृत्तिमा लगाउनु भएकोमा नगरप्रमुख खाणको उपस्थित सबैले प्रशंसा गर्नुभएको थियो ।

    received_966870057734700.jpeg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend