Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

यमकला मृत भेटिइन्, हत्या आरोपमा श्रीमान् पक्राउ


३०, भदौ २०८०
  • 151
    SHARES
  • यमकला मृत भेटिइन्, हत्या आरोपमा श्रीमान् पक्राउ

    बुटवल । तिलोत्तमामा एक महिलाको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । तिलोत्तमा-१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थीको हत्या आरोपमा ४५ वर्षीय मुमराज पन्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

    गुल्मीको धुर्कोट गाउँपालिका-४ स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमामा बस्दै आएकी यमकला भदौं २७ गते विहान घर अगाडि मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनु भएको हो ।

    तिलोत्तमाको एक घरको माथिल्लो तलामा डेरा गरि बस्ने यमकला जमिनमै मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनापछि आमाको हत्या भएको भन्दै छोराले बुवा विरुद्ध जाहेरी दर्ता गराएको थापाले बताउनु भयो ।

     दैनिक ज्यालादारी गरेर बस्ने उक्त दम्पत्ति दुबै जना मापसे गर्ने र समय समयमा झैझगडा गरिरहने नजिकका आफन्तहरुले बताएका छन् ।’प्रहरी नायव उपरीक्षक थापाले भन्नुभयो ‘शवको प्रकृति हेर्दा हत्याको त्यस्तो प्रहरीको प्रारम्भिक रिपोर्टमा सवुत वा आधारहरु भेटिएका छैनन्, यद्यपि उनका छोराले हत्या भएको भन्दै जाहेरी दर्ता गराएका छन्। हामी अनुसन्धानमै छौ ।’

    बहिनी तथा माइती पक्षले हत्या आरोप लगाएका छन् भने छोराले विहिबार प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।शवलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । आइतबार थप अनुसन्धानका लागि फरेन्सिक जाँच टोलीबाट रिपोर्ट तयार पारिने प्रहरीले जनाएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend