Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको सम्मेलन सम्पन्न


३०, भदौ २०८०
  • 225
    SHARES
  • नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको सम्मेलन सम्पन्न

    रोल्पा। नेपाली कांग्रेस परिवर्तन गाउँपालिका कार्यसमितिको आयोजनामा पहिलो पालिका सम्मेलन पुतलाचौरमा सम्पन्न भएको छ। नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापति खडक घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन रहनु भएको थियो।

    कार्यक्रममा पूर्व सहायकमन्त्री भिम कुमारी बुढा मगर र नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सभापति,समाजसेवी,राजनीतिज्ञ कृष्ण बहादुर घर्ती मगर नेपाली कांग्रेस रोल्पाका सचीव शेर बहादुर थापा,नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सचीव झक्कु प्रसाद घर्ती मगर,नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सह-सचीव दिपक श्रेष्ठ रहनु भएको थियो।

    त्यसैगरी नेपाली कांग्रेस रोल्पाका १४औं महाधिवेशन प्रतिनिधि गण बहादुर घर्ती मगर,नेपाली कांग्रेस रोल्पाका पूर्व जिल्ला कार्यसमिति सदस्य चन्द्रमोहन घर्ती,स्थानीय तह निर्वाचन २०७९ का नेपाली कांग्रेस परिवर्तन गाउँपालिका अध्यक्षका प्रत्यासी विश्व कुमार चन्द,नेपाली कांग्रेस क्षेत्र नं.१(ख) का क्षेत्रीय कार्यसमिति सदस्य दिलसरी बुढा,नेपाली कांग्रेस क्षेत्र नं.१(ख) का पूर्व सभापति माल बहादुर रोका,शिक्षक महासंघ रोल्पाका उपाध्यक्ष सुर्य प्रकाश डाँगी,नेपाल तरुण दल रोल्पाका अध्यक्ष पशुपति घर्ती मगर र नेपाल विद्यार्थी संघ रोल्पा सभापति योगेन्द्र अनुपम जिसी लगायत रहनु भएको थियो।

    नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका उपसभापति कुलवीर घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको पालिका सम्मेलन कार्यक्रममा नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका कार्यसमितिका पदाधिकारी,वडाका सभापति,नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका जनप्रतिनिधि,नेपाली कांग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संघका प्रमुख लगायत सदस्यहरु,नेपाली कांग्रेस परिवर्तन गाउँपालिकामा आवद्ध क्रियाशिल सदस्यहरु र साधरण सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस प्रशिक्षण शाखाका सदस्य दिपेन्द्र कुमार डाँगीले गर्नु भएको थियोे।

    शुभकामना राख्नेहरुमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका परिवर्तन गाउँपालिका-३ का वडा अध्यक्ष खिम विक्रम चन्दले नेपाली कांग्रेसमा गुट र उपगुट नहुनुअपर्ने बताउनुभयो। सबै वडा सभापतिहरुको तर्फबाट परिवर्तन गाउँपालिका-३ का सभापति दिपेन्द्र थापाले नेपाली कांग्रेसमा आफूले संघर्ष,योगदान र भूमिका रहेकोे बताउनुभयो।

    नेकपा माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका प्रेम प्रकाश बुढा मगरले आफू नेकपा माओवादी केन्द्रले देखाएको झुट्टा सपना आफूलाई ठिक नलागेकोले आफू नेपाली कांग्रेसमा आएको बताउनुभयो। नेपाल विद्यार्थी संघ रोल्पाका सभापति योगेन्द्र अनुपम जिसीले संगठन बलियो भयो भने मात्र नेतृत्व राम्रो हुने भएकोले नेपाल विद्यार्थी संघको पनि महत्त्वपूर्ण भुमिका हुने बताउनुभएको हो । 

    नेपाल तरुण दल रोल्पाका अध्यक्ष पशुपति घर्ती मगरले युवाहरुको नेतृत्व नेपाल तरुण दलले गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताउनुभयो।शिक्षक महासंघ रोल्पाका उपाध्यक्ष सुर्य प्रकाश डाँगीले नेपाल सरकारले ल्याएको शिक्षा ऐन शिक्षकहरुको हितमा नभएको र नेपाली कांग्रेस मौन रहेको बताउदै नेपाल शिक्षक महासंघले थप आन्दोलनको घोषणा गरेको समेत बताउनुभयो।स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट अध्यक्षका प्रत्याशी विश्व कुमार चन्दले नेपाली कांग्रेस अहिले गुट,उपगुटको कारण कमजोर हुँदै गएको र आगामी दिनमा गुटको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो।

    नेपाली कांग्रेस रोल्पाका १४औं महाधिवेशन प्रतिनिधि गण बहादुर घर्ती मगरले नेपाली कांग्रेसलाई चलायमान गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो। नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सह-सचीव दिपक श्रेष्ठले परिवर्तन गाउँपालिकामा नेपाली कांग्रेसको संगठन कमजोर भएको र सशक्त र चलायमान बनाउन भातृ तथा शुभेच्छुक संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। नेपाली कांग्रेस रोल्पाका पूर्व पार्टी सचीव झक्कु प्रसाद घर्ती मगरले परिवर्तन गाउँपालिका भित्रका आम नागरिकको मनमा बस्न सफल हुनुपर्ने र अन्य राजनीति दलका कार्याकर्तालाई नेपाली कांग्रेसमा लिनुपर्ने अहिलेको आवश्यक रहेको बताउनुभयो।

    नेपाली कांग्रेस रोल्पाका सचीव शेर बहादुर थापाले बीपीको विचारवादमा अहिले नेपाली कांग्रेस अगाडि बढेको र नेपाली कांग्रेसको इतिहास लामो भएको समेत बताउनुभयो। राजतन्त्रको अन्त्य गरि बीपीले प्रजातन्त्र स्थापित हुन्छ भनेको अहिले भएको समेत बताउनुभएको हो । जसले जनतामा गएर दुख सुखमा गएर घुलमिल गर्छ त्यो नै राजनीतिको असल नेतृत्व हुने समेत बताउनुभयो।

    377336926_782053963690650_3811029492150069807_n.jpg
    undefined
    377340956_782997196928140_5652041361426322337_n (1).jpg
    undefined
    377341790_826714009118243_7590182110289412143_n.jpg
    undefined

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend