काठमाडौं । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् ।
खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे कोलोम्बोमा हुदैँछ । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलङ्काले २०२२ मा टी–२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। यसअघि भारतले ७ पटक र श्रीलङ्काले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।