Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिने


३१, भदौ २०८०
  • 355
    SHARES
  • मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिने

    बागलुङ । पछिल्लो समय आत्महत्याका घटना बढेकाले स्वास्थ्य कार्यालय बागलुङले सो सम्बन्धी अध्ययन गर्ने र न्यूनीकरणमा पहल गर्ने भएको छ । 

    कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को समीक्षा कार्यक्रमपछि जारी घोषणापत्रमा सबै पालिकाले मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । मानसिक समस्याका कारण आत्महत्या बढेका कार्यक्रममा सहभागी १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा धौलागिरि अस्पतालका प्रतिनिधिले बताएका छन् । 

    शतप्रतिशत खोपको मात्रा पुगेको जिल्ला बनाउने, आवश्यकताअनुसार खोप केन्द्र थप गर्नेलगायत विषय समेटेर २२ बुँदे घोषणापत्र जारी गरिएको कार्यालयका प्रमुख प्रविण शर्माले बताउनुभयो । उहाँका अनुसार घोषणापत्रमा बालमैत्री जिल्ला बनाउने अभियानमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसबारेका सूचक पूरा गर्न सधैँ तयार रहने उल्लेख गरिएको छ ।

    स्वास्थ्य संस्थामा रेकर्ड पद्धति व्यवस्थित बनाउने भन्दै प्रमुख शर्माले सबै पालिकाले विद्युतीय रेकर्ड पद्धति बसाल्दा यकीन तथ्याङ्क प्राप्त हुने र बाल स्वास्थ्यमा सुधार ल्याउन सकिने बताउनुभयो । उहाँका अनुसार हरेक स्वास्थ्य संस्थामा रहेका खोप बचाउन ‘कोल्ड चेन’ पद्धतिलाई प्रभावकारी बनाउने सहभागीले घोषणा गरेका छन् । 

    “कोल्ड चेनमा एक मिनेट पनि खराबी आयो भने खोपले काम गर्दैन”, शर्माले भन्नुभयो, “बरु कार्यालय सञ्चालनमा कर्मचारी नभए पालो गरौँ, कोल्ड चेन बिग्रियो भने उपचार गरेको अर्थ हुँदैन ।” हेपाटाइटिस बीलगायतका रोगविरुद्धको खोप माइनसमा राख्न नसकेमा काम नगर्ने हुँदा बिरामी निको नहुने उहाँले बताउनुभयो ।

    त्यस्तै अन्य रोगमा पनि तोकिएकै तापक्रम हुनुपर्नेमा कार्यालय सहयोगीको भरमा छाडियो भने करोडौँ लगानी डुब्ने र उपचार पनि प्रभावहिन हुने स्वास्थ्यकर्मीको ठहर छ ।

    उक्त अवसरमा स्वास्थ्य कार्यालयले बागलुङका १० पालिका र सबै स्वास्थ्यचौकीको आन्तरिक मूल्याङ्कन गरेको थियो । मूल्याङ्कनमा बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रथम भएको छ । त्यस्तै बडिगाडकै आधारभूत स्वास्थ्य सेवा केन्द्र खरवाङले उत्कृष्ट संस्थाको पुरस्कार पाएको छ । 

    कार्यसम्पादनतर्फ तमानखोलाको बुङ्गादोभान स्वास्थ्यचौकी द्वितीय, निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकी तृतीय र गलकोट नगरपालिकाको हटिया स्वास्थ्यचौकी सान्त्वना भएका छन् । पालिकातर्फ भने तमानखोला गाउँपालिका द्वितीय र गलकोट नगरपालिका तृतीय भएका छन् । 

    संस्थामा उत्कृष्ट व्यानर तथा पोस्टर बनाएर राखेको भन्दै गलकोट नगरलाई प्रथम पुरस्कार दिइयो । बागलुङ नगरपालिका द्वितीय, तमानखोला तृतीय र बडिगाड गाउँपालिका सान्त्वना भएका थिए । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले उनीहरुलाई उत्कृष्टताको प्रमाणपत्र दिनुभएको थियो । 

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend