Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिकमा हुने 


३१, भदौ २०८०
  • 193
    SHARES
  • अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिकमा हुने 

    काठमाडौँ । नेपाली सेनाको आयोजनामा छैटौ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिकमा हुने भएको छ । 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी कार्तिक ३ गते आयोजना हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क महाशाखाका महाशाखपति महासेनानी बिजय केसीले जानकारी दिनुभयो ।

    उहाँले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी असोज १५ गतेसम्म टिम दर्ता गराउन पाउने समेत बताउनुभयो । दौड, साइक्लिङ र र्‍याफ्टिङ समावेश हुने उक्त प्रतियोगिताको जम्मा दुरी ४३ दशमलव ७ किलोमिटरको हुने छ । एक टिममा चार खेलाडी सहभागी हुने र उमेर १८ बर्षभन्दा माथिको हुनुपर्ने उहाले जानकारी दिनुभयो । 

    प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी दोस्रो हुने टोलीलाई एक लाख, तेस्रोलाई ७५ हजार, चौथोलाई २५ हजार र पाँचौँलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend