Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एन प्याब्सनको अध्यक्षमा गुरुङ्ग र सहअध्यक्षमा केसी निर्वाचित


१, असोज २०८०
  • 267
    SHARES
  • एन प्याब्सनको अध्यक्षमा गुरुङ्ग र सहअध्यक्षमा केसी निर्वाचित

    बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष र सहअध्यक्षले नेतृत्व सम्हाल्ने गरि छैठौं अधिवेशन सम्पन्न भएको छ ।

    रुपन्देहीको भैरहवामा सम्पन्न छैठौं अधिवेशनले अध्यक्षमा बिलप्रसाद गुरुङ र सह अध्यक्षमा तिलब केसीलाई सर्वसम्वत निर्वाचित गरेको हो । तीन वर्षे कार्यकाल रहेको समितिको पहिलो एक वर्षपछि पुनः अर्काे अध्यक्ष चयन गर्ने गरि सहमति बनेको छ । 

    अघिल्लो एक वर्षका लागि निर्वाचित गुरुङले एन प्याब्सनको नेतृत्व सम्हाल्नु हुने छ भने आगामी वर्ष २०८१ असोज एक गतेदेखि सहअध्यक्षमा निर्वाचित हुनुभएका केसीले एन प्याब्सन रुपन्देहीको अध्यक्ष बनि त्यसपछिको नेतृत्व सम्हाल्ने सहमति बनेपछि एन प्याब्सन रुपन्देहीको छैठौं अधिवेशन सम्पन्न भएको हो ।

    सम्पन्न अधिवेशनले अध्यक्षपछिका सबैपदहरुलाई तीनै वर्षका लागि निर्वाचित गरेको छ । सम्पन्न अधिवेशनबाट एन प्याब्सनको उपाध्यक्षमा बाबुराम बन्जाडे, उपाध्यक्षमा अमरनाथ पाठक, सचिवमा अमित यादव, कोषाध्यक्षमा विनोद थापा मगर, सहसचिवमा लक्ष्मण अर्याल, सहकोषाध्यक्षमा राजेन्द्र पराजुलीलाई निर्वाचित हुनु भएको छ ।

    यस्तै सदस्यहरुमा शंकरप्रसाद गौतम, सौगात भट्टराई, कमल पौडेल, करन राना, ओमप्रकाश यादव, एलबी रौतार, सुरेन्द्र बराई, रामऔतार यादव, रााम अचल गौड, अरविन्द हरिजन, सुन्दर यादव, कमलेश कुमार यादव निर्वाचित हुनु भएको एन प्याब्सनका केन्द्रीय सदस्य तथा निर्वाचन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

    कार्यक्रममा एन प्याब्सन नेपालका सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय प्रतिनिधी बामदेव न्यौपाने, बालाकृष्ण तिवारी, देउप्रकाश राई, निर्वाचन समिति सदस्य होमनाथ ढुङगाना लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै संस्थागत विद्यालयहरुले शैक्षिक गतिविधिसँगै राज्यले दिने सेवा सुविधाका बारेमा पनि सचेत हुँदै खवरदारी गर्नु पर्ने आवश्यकता औल्यानुभयो । आइतबार केन्द्रीय अध्यक्ष पाण्डव हमालले उद्घाटन गर्नु भएको अधिवेशन सोमबार बिहान नेतृत्व चयन गर्दै सकिएको हो । 

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend