रूपन्देही । तिलोत्तमा नगरपालिका–९ केवलानीमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको मृत्यु भएको छ । कुटपिटबाट गम्भिर घाईते भएका स्याङतानको उपचारको क्रममा मेडिकल कलेज भैरहवा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटनामा संलग्न नुवाकोट लिखु गाउँपालिका(४ बस्ने १९ वर्षीय रोमन तामाङ सहित आठ जनालाई पक्राउ गरेको जनाएको छ । मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भई कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीलाई नियन्त्रणमा लिएको हो ।
सोही घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको र १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।