Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा 


२, असोज २०८०
  • 208
    SHARES
  • साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा 

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फाले मंगलबार दशरथ रंगशालमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको र बुधबारसम्म सम्पूर्ण टिम आउने जनाएको हो ।

    प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् । पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको लागि भीआईपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ १०० टिकट मूल्य राखिएको जानकारी दिनुभयो ।

    सहभागी टोलीलाई नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको उहाले बताउनुभयो । च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार रहेको र बजेट साफले नै उपलव्ध गराउने शाहले जानकारी दिनुभयो । 

    बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend