काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला गुटको बैठकले भागबण्डादेखि सरकार परिवर्तनका विषयमा छलफल भएको छ ।
बालुवाटारस्थित सम्पर्क कार्यालयमा कोइरालाले एक दर्जन नेताहरूलाई बोलाएर गुटको बैठक गर्नु भएको छ । बैठकमा सरकारको कामकारबाही लगायतका विषयमा छलफल भएको सह-महामन्त्री बद्री पाण्डेले बताउनु भयो ।
शेखर कोइरालाको गुटको बैठकलाई महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल,अर्जुन नरसिंह केसी उपस्थित भने थिएन ।
बैठकमा उप–सभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारीको उपस्थिति रहेको थियो ।
त्यसै गरी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, दिनेश कोइराला, सरिता प्रसाइँ, प्रतिमा गौतम, चन्द्रमोहन यादव, दीपक गिरी, सञ्जय गौतम, मधु आचार्य, मुक्ताकुमारी यादव लगायतको उपस्थिति रहेको थियो ।
सभापति शेरबहादुर देउवाले दुई महिना अगाडि केन्द्रीय सदस्य पदमा मनोनीत गर्नुभएको डा.मिनेन्द्र रिजालको समेत उपस्थिति रहेको थियो ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते बस्न लागेको छ ।