Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

साफ यू–१९ च्याम्पियनसिप बिहीबारबाट सुरु


३, असोज २०८०
  • 218
    SHARES
  • साफ यू–१९ च्याम्पियनसिप बिहीबारबाट सुरु

    काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप बिहीबारबाट काठमाडौंको दशरथ रंगशालामा सुरु हुदैछ । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् । नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

    दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगिता अघि बुधबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सवै टोलीका प्रशिक्षक तथा कप्तानहरुले च्याम्पियनसिपको तयारी राम्रो भएको भन्दै उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरेका छन् । प्रि–म्याच कन्फ्रेन्समा यू–१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले साफको तयारी निकै राम्रो बताउनुभयो । खेलाडीहरुले निकै मेहनत गरेको भन्दै नजिता पनि राम्रो आउने उहाँको भनाइ छ ।

    त्यस्तै यू १९ नेपाली फुटबल टिमका कप्तान जियारथ सेखले सवै तयारी राम्रो भएको बताउनुभयो । त्यस्तै अन्य सहभागी देशका प्रशिक्षक तथा खेलाडीहरुले पनि ट्रफि घर लैजाने गरि तयारी गरिएको बताएका थिए । बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend