बुटवल। "उद्योगदेखि सिधै ग्राहकसम्म" मूल उद्देश्यका साथ बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्सको भवनमा नेपाली लुगाघर सञ्चालनमा आएको छ ।
नेपाली लघु उद्यमीहरुलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाली लुगाघर सञ्चालनमा ल्याईएको सञ्चालक प्रकाश भुसालले बताउनुभयो । ‘जसको शुभारम्भ बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ९२ बर्षिय वयोवृद्ध एवं समाजसेवी भागिरथ भुसालबाट शुभारम्भ गरिएको हो ।
करिव अढाई करोड रुपैयाँ लगानीमा नेपालका चर्चित भर्जिन, गोफी, केएण्डके, फ्रिडम, याक एण्ड नाक र ट्याग ब्राण्डका कपडाहरु पाईने नेपाली लुगाघरले जनाएको छ ।
नेपालमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका लत्ताकपडा लगायत अन्य आकर्षक सामाग्रीहरु सुपथ मूल्यमा ग्राहकहरुलाई उपलब्ध गराईने र त्यसको माध्यमबाट देशकै अर्थतन्त्र मजबुत गराउन सहयोग पुग्ने उद्देश्यका असोज ३ गतेदेखि ६ गतेसम्म नेपाली लुगाघरको शुभारम्भ कार्यक्रम राखिएको छ ।
उद्घाटन अवधिभर एकसय रुपैयाँमा पहिलो एक हजार ग्राहकलाई असिम गोल्डको सेण्डो बिक्री गरिने वताईएको छ । विशेषगरी हस्तकला सामाग्रीलाई प्राथमिकता दिईएको र बेत, गाँजा बाँस, अल्लो र अन्य फ्याबरिकहरुबाट बनेका जुत्ता, कपडाहरु उपलब्ध रहेको सञ्चालक भुसालले जनाउनुभयो ।
लुगाघरको उद्घाटनभर गजल साँझ समेत आयोजना गरिएको छ। भने
बुटवलमा होटल म्यानेजमेन्ट अध्ययन गराउने आधा दर्जन विद्यालयका विद्यार्थीहरुले खानाका परिकारहरुका फुड प्रदर्शन स्टल पनि राखेका छन् ।