Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा खुल्यो नेपाली लुगाघर


४, असोज २०८०
  • 258
    SHARES
  • बुटवलमा खुल्यो नेपाली लुगाघर

    बुटवल। उद्योगदेखि सिधै ग्राहकसम्मू मूल उद्देश्यका साथ बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्सको भवनमा नेपाली लुगाघर सञ्चालनमा आएको छ । नेपाली लघु उद्यमीहरुलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाली लुगाघर सञ्चालनमा ल्याईएको सञ्चालक प्रकाश भुसालले बताउनुभयो । ‘जसको शुभारम्भ बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ९२ बर्षिय वयोवृद्ध एवं समाजसेवी भागिरथ भुसालबाट शुभारम्भ गरिएको हो । 

    करिव अढाई करोड रुपैयाँ लगानीमा नेपालका चर्चित भर्जिन, गोफी, केएण्डके, फ्रिडम, याक एण्ड नाक र ट्याग ब्राण्डका कपडाहरु पाईने नेपाली लुगाघरले जनाएको छ । नेपालमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका लत्ताकपडा लगायत अन्य आकर्षक सामाग्रीहरु सुपथ मूल्यमा ग्राहकहरुलाई उपलब्ध गराईने र त्यसको माध्यमबाट देशकै अर्थतन्त्र मजबुत गराउन सहयोग पुग्ने उद्देश्यका असोज ३ गतेदेखि ६ गतेसम्म नेपाली लुगाघरको शुभारम्भ कार्यक्रम राखिएको छ । उद्घाटन अवधिभर एकसय रुपैयाँमा पहिलो एक हजार ग्राहकलाई असिम गोल्डको सेण्डो बिक्री गरिने बताईएको छ । 

    विशेषगरी हस्तकला सामाग्रीलाई प्राथमिकता दिईएको र बेत, गाँजा बाँस, अल्लो र अन्य फ्याबरिकहरुबाट बनेका जुत्ता, कपडाहरु उपलब्ध रहेको सञ्चालक भुसालले जनाउनुभयो । लुगाघरको उद्घाटनभर गजल साँझ समेत आयोजना गरिएको छ। भने बुटवलमा होटल म्यानेजमेन्ट अध्ययन गराउने आधा दर्जन विद्यालयका विद्यार्थीहरुले खानाका परिकारहरुका फुड प्रदर्शन स्टल पनि राखेका छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend