Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सुन तस्करी प्रकरणका नाईके फरार, भरिया ड्राइभरलाई पुर्पक्ष चलान


४, असोज २०८०
  • 208
    SHARES
  • सुन तस्करी प्रकरणका नाईके फरार, भरिया ड्राइभरलाई पुर्पक्ष चलान

    बुटवल। गत असार १० गते रुपन्देहीको कालीदह नाका हुँदै भारत लैजाँदै गर्दा कारको गियर बक्सभित्र लुकाई राखेको साढे दुई किलो सुन सशस्त्र प्रहरीले बरामद गरेको सुन तस्करी बुटवलको बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्रलाल सुनारलाई प्रहरीले पक्राउ गर्न हालसम्म सकेको छैन् ।

    केन्द्रीय स्तरमा नै चर्चा कमाउन सफल बनेको सुन प्रकरणमा संलग्न भएका तस्करहरुलाई काठमाडौंमा प्रहरीले पक्राउ गर्ने र अनुसन्धानलाई निरन्तरता दिईरहेका बेला रुपन्देही प्रहरीले भने झण्डै २ किलो सुनका तस्करी व्यापारी सुनारलाई ८७ दिन हुँदासम्म पनि पक्राउ गर्न सकेको छैन् ।

    फलत:तस्करीलाई पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने भएपनि उक्त सुनका भरिया चालकलाई ६० दिनसम्म हिरासतमा राखेर पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मुद्धा शाखाले जनाएको छ । 

    शाखाका अनुसार गत भदौ ७ गते कारका चालक दाङको घोराही उपमहानगरपालिका वडा न–१० का हुमानन्द गिरीलाई चलान गरिएको जनाईएको छ । बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कारलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा ईट्टा आकारका दुई थान सुन बरामद गरेको थियो ।

    ईट्टाजस्तै रङ र आकार भएको झण्डै दुई किलोको शङ्कास्पद वस्तु बरामद गरी थप अनुसन्धान गर्नका लागि सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा ल्याईएको र त्यहाँ जाँच गर्दा एक किलो ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएपछि रुपन्देहीका सुन पसलमा तरंग छाएको थियो ।

    शसस्त्र प्रहरीले बरामद सुन र कारलाई भैरहवा भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान अगाडि बढाएपनि तस्करका नाईके सुनारलाई कानुनी कट्घरामा ल्याउन प्रभावकारी कदम चाल्न नसकेको स्थानीय सरोकारवालाको भनाई छ । भन्सार कार्यालयले बालाजी र लक्ष्मीपति सुनचाँदी पसलमा सिल गरेपनि तर त्यसभित्र के कति सुन थियो भन्ने बारेमा बताउन चाँहदैन् ।

    बालाजी सुनचाँदी पसल इन्द्रलाल सुनारले चलाउँछन् भने लक्ष्मीपती सुनचाँदी पसल इन्द्रकी श्रीमती चलाउने गरेको बताइएको छ । घटनापछि फरार रहेका बालाजीका सञ्चालक भारतमा लुकेर बसेको स्रोतले जनाएको छ ।

    बुटवलमा सुन पसलसँगै अवैध सुनको धन्दा चलाउँदै आएका सुनारले अकुत आर्थिक लाभ गरेको बुझिएको छ । यसभन्दा पहिले पनि पैसा बरामत हुने र पटकपटक उजुरी पर्ने गरेको भएपनि आर्थिक चलखेलको प्रभावले छुटकारा पाउँदै आएको खुलेको छ । जसका कारण उनी पेशेवर सुन तस्करीको रुपमा चिनिने गरेको नाम नबताउने सर्तमा एक सुन व्यापारीले बताए ।

    सरोकारवाला भन्छन्, कतेै चालकलाई जेल चलान गरेर प्रमुख तस्करीलाई उन्मुक्ति दिने गरि भन्सारदेखि अन्य निकायसम्म चलखेल भएको त छैन्, हामीलाई शंका छ । सरोकारवालाले शंका गरेजस्तै भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी युवराज भट्टराईले यसबारेमा स्पष्ट बोल्छन् न फोनै उठाउँछन् ।

    सुन तस्करीमा प्रयोग गरिएको सवारीका चालकको बयानका आधारमा करिव हप्ता दिनपछि बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको संलग्नता रहेको खुलेपछि दुवै पसलमा सिल गरिएपनि तस्करलाई समात्न प्रहरी असफल हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend