काठमाडौँ । राजधानीमा बिहीबारबाट सुरु साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले पराजित गरेको हो ।
भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् ।
नेपाल रहेको समूह ए मा पाकिस्तान र माल्दिभ्स छन् । समूह बी मा भारत, बंगलादेश र भुटान रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ ।