रोल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रोल्पा ऐतिहासिक ठाउँ थबाङबाट फर्कनु भएको छ। नेकपा माओवादी केन्द्रले २०५२ साल फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र १० वर्षे जनयुद्धको उद्गम थलो थबाङ्मा बिहीबार पुग्नु भएको हो।
लामिछाने बुधबार बिहान घर्तिगाउँ हुँदै पश्चिम रोल्पाको मुख्य व्यापारिक केन्द्र बागमारा,परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर र परिवर्तन गाउँपालिकाकै अर्को मुख्य व्यापारिक केन्द्र कुरेलीको खरिबोटमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्नुभएको थियो।
भेटघाट कार्यक्रममा सभापति लामिछानेले रोल्पा देश परिवर्तनको जिल्ला भएको र रोल्पाले पछिल्लो समय के खोजेको छ भन्ने कुरा मुख्य भएको बताउनुभयो। रोल्पाले देशको परिवर्तनको लागि महत्त्वपूर्ण भूमिका खेलेको जिकिर गर्दै यहाँसम्म लिइ पुर्याउने पुराना दलका नेताको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। आफ्नो भ्रमण कुनै पनि पार्टी लक्षित नभएको र आम रोल्पाली जनताको मनमा बस्नको लागि आफू रोल्पा आएको बताउनुभयो।
अब नेपाली जनताको लागि समस्या समाधान गर्नको लागि कुनै हिंसाबाट नभएर ब्यालेटको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो। आफूहरू कुनै पार्टीसँग पूर्वाग्रही नराखी स्वच्छ प्रतिस्पर्धाको लागि र लोकतन्त्र रक्षाको लागि होमिएको बताउनुभयो।आफू संसद्मा थबाङको समस्या रोल्पाको समस्या,सहिद मार्गको समस्या रोल्पा जनताको शिक्षा,स्वास्थ्य,रोजगार,विद्युत,सञ्चार लगायतको समस्याहरु लगेर जाने र संसद्मा बोल्ने समेत बताउनुभयो।
थबाङ्मा लामिछानेले बुद्धिजीवी,जनप्रतिनिधि,सहित परिवार लगायतलाई भेट्नु भएको हो।बुधबार र बिहीबारका दिन नेकपाको सहित स्मृति भवन,युद्ध संग्रहालय र जनयुद्धको समयमा पढाउने विद्यालयको समेत अवलोकन गर्नु भएको छ। थबाङमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेटघाट गरि फर्कनु भएको छ।
थबाङ पछि फर्कने क्रममा मिरुलको टुटु बजारमा समेत स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्नु भएको छ।लामिछाने माडी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र घर्तिगाउँमा समेत उनले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेट्नु भएको छ।
घर्तिगाउँ पछि उहाँ त्रिवेणी गाउँपालिकाको तिला बजारमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्नु भएको छ भने तिलामै रहेको जनयुद्ध संग्राहलयको समेत अवलोकन गर्नु भएको छ। तिलापछि लामिछाने रुन्टीगढी गाउँपालिकाको केन्द्र समेत रहेको होलेरी बजार पुग्नु भएको छ।