Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा


५, असोज २०८०
  • 155
    SHARES
  • तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
    बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ  । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो । 
     
    प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार द्धितीय पुरस्कार रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
     
    प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद रु २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु ११ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
     
    कात्तिक पहिले सातादेखि प्रतियोगिता गर्ने तयारी भइरहेको जनाउँदै आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठकका लागि सम्बन्ध सबैलाई बोलाइएको अध्यक्ष चन्दले बताउनुभयो । बैठकपछि प्रतियोगिताको मिति र अन्य थप जानकारी सार्वजनिक गरिने उहाँको भनाइ थियो । 
     
    यसअघिका दुई संस्करणमा टेनिस बल खेलाएको भए पनि यस वर्ष ड्युज बल खेलाउने आयोजकले जनाएको छ । सहभागी हुने टोलीका लागि यही असोज १३ गतेदेखि २७ गतेसम्म दर्ता समय राखिएको छ । 
     
    प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सम्पन्न दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ), पाटनले लिएको थियो भने पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लब भएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend