रोल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रोल्पा भ्रमण सफल भएको छ। काठमाडौंबाट नेपालगञ्ज र नेपालञ्ज हुँदै असोज २ गते रोल्पा आउनु भएका लामिछानेको ४ दिने भ्रमण सफल भएको हो।
सभापति लामिछानेले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेटघाट गरि फर्किएको रास्वपाका जिल्ला संयोजक रमेश थापाले जानकारी दिनु भएको छ।
असोज ५ गते शुक्रबार आज होलेरीमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्नु भएको छ। लामिछानेको चार दिने रोल्पा भ्रमण सफलता पूर्वक सकिएको लामिछानेका स्वकीय सचीव प्रकाश सिद्धेलले जानकारी दिनु भएको छ। सिद्धेलले भन्नुभयो।
रास्वपा सभापति जुन लक्ष्य र उद्देश्य लिएर रोल्पा आउनुभयो,त्यो उहाँको चाहना पुरा भएको जस्तो लागेको छ । उहाँले भन्नुभयो। त्यसैले उहाँको रोल्पा भ्रमण सफल भएको महशुस मैले गरेको छु । सिद्धेलले भन्नुभयो।भेटघाट कार्यक्रममा सभापति लामिछानेले रोल्पा देश परिवर्तनको जिल्ला भएको र रोल्पाले पछिल्लो समय के खोजेको छ भन्ने कुरा मुख्य भएको बताउनुभएको थियो ।
रोल्पाले देशको परिवर्तनको लागि महत्त्वपूर्ण भूमिका खेलेको जिकिर गर्दै यहाँसम्म लिइ पुर्याउने पुराना दलका नेताको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको थियो । आफ्नो भ्रमण कुनै पनि पार्टी लक्षित नभएको र आम रोल्पाली जनताको मनमा बस्नको लागि आफू रोल्पा आएको बताउनुभयो।
अब नेपाली जनताको लागि समस्या समाधान गर्नको लागि कुनै हिंसाबाट नभएर ब्यालेटको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभएको थियो । आफूहरू कुनै पार्टीसँग पूर्वाग्रही नराखी स्वच्छ प्रतिस्पर्धाको लागि र लोकतन्त्र रक्षाको लागि होमिएको बताउनुभएको थियो ।
आफू संसद्मा थबाङको समस्या रोल्पाको समस्या,सहिद मार्गको समस्या रोल्पा जनताको शिक्षा,स्वास्थ्य,रोजगार,विद्युत,सञ्चार लगायतको समस्याहरु लगेर जाने र संसद्मा बोल्ने समेत बताउनुभएको थियो । रोल्पाले पछिल्लो राजनीति समयमा नयाँ अनुहार खोजेको प्रतिक्रिया दिनुभएको छ।
रोल्पाका विभिन्न ठाउँमा भएको भेटघाट कार्यक्रमको समयमा त्यहाँका स्थानीय पार्टीका कार्यकर्ता तथा शुभचिन्तक अन्तर्गत युवा युवती,बृद्ध बुवाआमाहरुसँगको कुराकानी पश्चात् फेरि आउनु होला ? भन्ने प्रसंगमा सभापति लामिछानेले प्रक्रिया दिदै भन्नू भएको छ । रोल्पा मेरो पछिल्लो समय विशेष चासोको विषय बनेको छ,त्यसैले म फेरि निरन्तर आउँछु।
सभापति लामिछानेका साथमा लुम्बिनी प्रदेशका सभापति देवराज पाठक,महामन्त्री निलराज अधिकारी,लामिछानेका स्वकीय सचीव प्रकाश सिद्धेल र निजी सुरक्षा गाड सन्तोष पौडेल सहितको टोली रहेका थिए। रास्वपाले हाल वडा वडामा रास्वपा अभियान सञ्चालन गरी रहेको छ। लामिछानेको रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासो,उत्सुकता र रोचकका साथ हेरिएको छ।