Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी सुरु


५, असोज २०८०
  • 464
    SHARES
  • जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी सुरु

    रेशम कुवँर,गुल्मी । शुक्रबार गुल्मीका १२ वटै स्थानीय तहका स्वास्थ्यकर्मी र उनिहरुसंग सरोकार राख्ने मानिसहरु जिल्लाकै एक सुन्दर र स्वास्थ्य क्षेत्रको उदाहरणीय थलो पल्लीकोट  स्वास्थ्य चौकीमा पुगे । धेरै बर्ष पछि त्यहाँ पुगेकाहरुले त्यस स्वास्थ्य चौकीको त्यति बेलाको अवस्था  स्मरण गर्दै अहिले भएको विकासको खुलेर प्रशंसा गरे ।

    जिल्ला स्तरिय कार्यक्रम सधै सदरमुकाम केन्द्रित हुने परम्परालाई तोडदै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सम्वन्धि जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी आयोजना गरेकोले त्यस सुन्दर र उदाहरणीय थलोमा १२ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि पुगेका हुन । 
     
    छत्रकोट गाउँपालिका २ मा पर्ने पल्लीकोट स्वास्थ्य चौकीको सभाहलमा आयोजित उक्त गोष्ठीका आगन्तुकहरुलाई त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष  सावित्रा ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर पुन , स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल र त्यस स्वास्थ्य चौकी प्रमुख भविकला पचभैयाले भब्य स्वागत गरे ।  उनले भने जिल्ला स्तरिय यति महत्वपुर्ण कार्यक्रम हाम्रो पालिकालाई छनौट गर्नु भएकोमा आयोजकलाई हार्दिक बधाई दिदै स्वागत गर्दछौं ।   गोष्ठीको  जिल्ला  समन्व्य  प्रमुख  द्रोणबहादुर  खत्रीले  उदघाटन गरेका  थिए  ।

    २०५३ साल भदौ १० गते  पल्लीकोटको एउटा सामान्य कच्ची घरमा  स्थापना हुँदा   गाउँवासीले एउटा कुर्ची बनाई दिएका थिए । सानो एउटा कोठाबाट सुरु भएको स्वास्थ्य चौकीलाई आजको स्थानमा ल्याई पुराउन उल्लेख्य भुमिका खेल्ने हाल छत्रकोट स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले भने अहिले आफेनै सुविधा सम्पन्न भवन पाउँदा निकै हर्ष लाग्छ।

    हाल यस सुविधा सम्पन्न स्वास्थ्य चौकीमा प्याथोलोजी सेवा, नर्मल सर्जरी, जेष्ठ  नागरिक घर घरमा जाँच , परिवार नियोजन , आकष्मिक रेफरका लागि हेलिप्याड र वर्थिक सेन्टर सहितका स्वास्थ्य सेवा र उपकरणहरु छन । वडाका दैनिक सरदर २० जना बिरामी आउने स्वास्थ्य चौकी प्रमुख पचभैया बताउनु हुन्छ । गत आर्थिक बर्षमा १० जना महिलाहरुले सोही  चौकीको वर्थिङ सेन्टरबाट प्रशुति सेवा लिएको उहाँले जानकारी दिनुभयो ।  

    यस स्वास्थ्य चौकीमा प्याथोलोजी सेवा , माईनर सर्जरी, जेष्ठ  नागरिक घर घरमा जाँच , परिवार नियोजन सेवा, आकस्मिक रेफरका लागि हेली प्याड निर्माण समेत गरिए पछि यस वडाबासी सदरमुकाम धाउने बाध्यताबाट मुक्त भएका छन ।  त्यसो त सिङ्गो छत्रकोट गाउँपालिकाको स्वास्थ्य सेवा  अनुकरणीय रहेको गोष्ठीमा सहभागिहरुले बताए । 

    गत डेढ बर्ष देखि त्यस पालिकाले स्वास्थ्य ऐन लागु गरे पछि थप सुधार भएको भन्दै केहि कुरा सुधार गर्न सहभागिहरुको सुझाव समेत थियो । शाखा प्रमुख पोखरेलका अनुसार  पालिकाभर पुर्ण खोप सुनिश्चिता , पुर्ण संस्थागत प्रशुति गाउँपालिका र पुर्ण पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा भईसकेको छ ।

    त्यस पालिकामा एउटा श्रृङ्गा  प्राथामिक स्वास्थ्य केन्द्र , ५ वटा स्वास्थ्य चौकी , ८ वटा सामुदायिक स्वास्थ्य ईकाई, ५ वटा प्याथोलोजी स्वास्थ्य सेवा , ६ वटा वर्थिङ्ग सेन्टर ,  ६ वटा डटस सेन्टर , त्यति नै  पिएमटिसीटी साईट , ४ वटा मेडिकल मेडिकल एबोर्सन साईट , २९ वटा खोप क्लिनिक , १७ वटा गाउँघरे क्लिनिक , ८६ जना महिला  स्वास्थ्य स्वयम सेविका रहेको छत्रकोट गाउँपालिकाको तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्दै स्वास्थ्य शाखा प्रमुख पोखरेलले जानकारी दिए । 

    स्वास्थ्य कार्यालय,गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख,सेभ द चिल्ड्रेन,नार्डेक नेपाल लगायत संघ संस्थाका ४२ जनाको सहभागीता रहेको गोष्ठी दुई दिन सम्म चल्ने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। उक्त गोष्ठीमा १२ वटै पालिका र संस्थाले एक बर्षमा गरेका सेवा प्रवाह रकार्यक्रमको समिक्षा गरि सुधार सहितको आगामी कार्ययोजना तयार गर्ने उद्देश्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए ।

    समिक्षाको पहिलो दिन उठेका बिर्षयहरु  प्रति  कार्यक्रमका प्रमुख अतिथी समन्वय प्रमुख द्रोणबहादुर खत्रीले‘ स्थानिय तहमा संघीय सरकारबाट प्राप्त ससर्त अनुदान अन्तर्गतका योजनाका कार्यक्रमहरु र स्थानीय तह आफैले सञ्चालन गरेका कार्यक्रमहरुको कार्यन्वयन प्रक्रिया प्रभावकारी हुन नसकेकोले प्रभावकारी कार्यक्रम कार्यन्वयनका लागि साझा योजना आवश्यक रहेको बिचार व्यक्त गर्नुभएको थियो । 

    जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख  पशुपति आचार्यको अध्यक्षता रहेको  कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख  तेजेन्द्र सलामी, सदस्य सावित्रा भण्डारी , जिल्ला समन्वय अधिकारी सिर्जना मिश्र, गुल्मी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर सोफीया थापा लगायतको आथिथ्यता रहेको छ।

    381184849_220532034345263_202119427478782423_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend