Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

खेलाडीहरूको हौसला बढाउने खालका कार्यक्रमहरु ल्याउँछौं : अध्यक्ष चन्द


७, असोज २०८०
  • 139
    SHARES
  • खेलाडीहरूको हौसला बढाउने खालका कार्यक्रमहरु ल्याउँछौं : अध्यक्ष चन्द

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा खेलाडीहरूको हौसला बढाउने खालका कार्यक्रमका साथ नयाँ कार्यसमिति अगाडि बढ्ने विश्वास दिलाउनुभएको छ । आज नेपाली क्रिकेट टिमलाई शुभकामना तथा बिदाई दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले कार्यसमिति विगतको भन्दा उत्कृष्ट तरिकाले अगाडि बढ्ने भन्दै खेलाडीहरूका सुधारका लागि काम गर्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘पहिलाभन्दा उत्कृष्ट रूपमा यो कार्यसमितिले सबै खेलाडीको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी, मनोबल कमजोर नहुने गरी हौसला बढाउने खालको कार्यक्रमका साथ अगाडि बढाउने विश्वास र प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’ उहाँले खेलको लागि शुभकामना दिदैँ उच्च मनोबलका साथ खेलेर मेडल जितेर आउन आग्रह पनि गर्नुभएको छ ।

    यस्तै, क्यानका सचिव पारश खड्काले आगामी दिनमा देशलाई जिताउनको लागि नयाँ सोच, विचार र रणनीतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले नेपाली क्रिकेटको नयाँ युगको सुरुआत गर्ने प्रयासमा रहेको भन्दै खेलाडीहरूलाई मेहेनतका साथ अगाडि बढ्न शुभकामना दिनुभएको छ । 

    उहाँले भन्नुभयोे, ‘कुनै पनि खेल, प्रतियोगितालाई सहज तरिकाले नलिनु होला, यही खेलमार्फत हामीले सम्पूर्ण जनतालाई एउटै ठाँउमा ल्याउन ठूलो भूमिका खेलेको छ । त्यसैले सबैको जिम्मेवारी छ, आगामी दिनमा आफ्नाो देशलाई जिताउनका लागि नयाँ सोच, विचार र रणनीतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु । यो प्रतियोगितामा मेडल ल्याउने लक्ष्य छ त्यसको लागि आफ्नो तर्फबाट तयारी गर्नुभएको होला ।’ 

    उक्त पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेलले हाम्रो उद्देश्य मेडल जित्नु भएको भन्दै त्यसको लागि निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले सबै जना खेलको लागि तयार रहेको र खेल राम्रो हुने आशा लिएको पनि बताउनुभयो ।

    उहाँले भन्नुभयोे, ‘विगत १०/१५ दिनेदेखि खेलहरू खेल्ने गरेका छौं, तयारी एकदमै राम्रो भएको छ । हाम्रो उद्देश्य भनेको मेडल जित्नु नै हो त्यसको लागि हामीले हाम्रो प्रक्रियालाई निरन्तरता दिनुपर्छ । हामी सबै जना खेलको लागि तयार छौ र राम्रो खेल्ने छौ भन्ने आशा छ ।’ 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend