Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन : प्रदीप पौडेल 


७, असोज २०८०
  • 145
    SHARES
  • गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन : प्रदीप पौडेल 

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन जोगाउनु मात्र उपलब्धि नभएको बताउनुभएको छ । आइतबार केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा उहाँले सरकारलाई निर्देशित गर्न सक्नुपर्ने बताउनुभएको छ ।

    उहाँले भन्नुभयो, ‘सभापति ज्यूको नेतृत्वमा प्रधानमन्त्रीकोमा गएर यो काम गर भनेर भन्न सक्नुपर्छ । सरकारलाई निर्देशित गर्न सक्नुपर्छ । गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन ।’ 

    नेता पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले देशको आर्थिक अवस्था दयनीय रहेको बताउनुभएको छ ।

    नेकपा पौडेलले भन्नुभयोे, ‘एक बोरा चामलको मूल्य तीन सयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्न सक्नुपर्‍यो ।’

    देशको आर्थिक संकटले सबै पलायन हुने अवस्था आएको भन्दै उहाँले सरकारमा बसेर पार्टीलाई लोकप्रिय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend