ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको थियो ।
असोज ४ गतेदेखि जारी रहेको आजको बैठकमा ३१ जना केन्द्रीय सदस्यहरु— अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, रामजनम चौधरी, रमा कोइराला (पौडेल), राजीव ढुंगानाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
त्यसैगरी राजेन्द्रकुमार के.सी. विनोदकुमार चौधरी, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सीना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले आजको बैठकमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यसमितिको बैठक भोलि असोज ८ गते सोमबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।