Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राजनीतिमा ताली र गाली दुवै स्वीकार्नुपर्छ : उपसभापति खड्का


८, असोज २०८०
  • 182
    SHARES
  • राजनीतिमा ताली र गाली दुवै स्वीकार्नुपर्छ : उपसभापति खड्का

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्वीकार्नुपर्ने बताउनुभएको छ । उहाँले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा नसुनी प्रश्न गरेको भन्दै धैर्‍यताका साथ सुनेर प्रश्न गर्न आग्रहसमेत गर्नुभयो ।

    सोमबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उपसभापति खड्काले आफू राजनीतिमा लाग्दा ताली र गालीलाई ग्रहण गर्छु भनेर स्वीकारेको बताउनुभयो ।

    उहाँले भन्नुभयोे, ‘राजनीतिक जीवनमा प्रवेश गर्दा ताली र गाली दुवै कुरालार्ई स्वीकार गरेको छु । सबै कुरालाई स्वीकार्नुपर्छ र जवाफ दिनुपर्छ । स्पष्ट पार्नुपर्छ ।’

    कार्यवाहक प्रधानमन्त्री समेत रहनुभएका उपसभापति खड्काले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा सुन्नुपर्नेमा जोड दिँदै आधा कुरा सुनेर आक्रोशित नहुन आग्रह समेत गर्नुभयो । शिक्षकहरूको आन्दोलनलार्ई जुन हदसम्म सहमति गर्न सकिन्थ्यो त्यो गरेको उहाँको भनाइ छ ।

    उपसभापति खड्काले अब संसद्को प्रकृयामा जाँदा सरकारकातर्फबाट दलको प्रमख सचेतकसँग छलफल गर्ने र संसद्मा समावेश गर्ने बताउनुभएको हो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend