Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रामपुरमा टोलटोलबाटै भत्ता वितरण


८, असोज २०८०
  • 131
    SHARES
  • रामपुरमा टोलटोलबाटै भत्ता वितरण

    पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको सहजता लागि पालिकाको केन्द्रदेखि टाढा रहेका नागरिकलाई टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

    बैंकको पहुँचदेखि टाढा रहेका वडा नं १, ९ र १० का ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै टोल बस्तीमै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम सुरु गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । 

    “पालिकाको केन्द्र तथा बैंकको पहुँचदेखि टाढा रहेका ज्येष्ठ नागरिकलाई भक्ता लिन आउनजान धेरै समस्या भएकाले टोलटोलमा जनशक्ति परिचालन गरेर भत्ता उपलब्ध गराउने छौँ”, उहाँले भन्नुभयो । थापाका अनुसार नगरपालिकाले कृषि विकास बैंकसँग समन्वय गरेर टोलमा भत्ता वितरण गर्नेछ ।

    पालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने जनाइएको छ । बैंकको रामपुर शाखाले वडा नं १ को कार्यालयबाट बैंक खाता खोल्न सुरु गरेको नगर प्रवक्ता तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताउनुभयो । 

    उहाँका अनुसार पहिलो दिन वडा नं १ को साँखर्दी, कुमैडाँडा, कठैडाँडा, मकैडाँडा, फुकलडाँडा, क्वाङ क्वाङ, गजबन्दी लगायतका स्थानका ९२ नागरिकको खाता खोल्ने काम भएको छ । यस वडामा चार सय ३२ जनाले सामाजिक सुरक्षा भत्ता सुविधा लिँदै आएका वडाध्यक्ष खाणले जानकारी दिनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend