Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस बैठक सम्पन्न : प्रधानमन्त्रीलाई ध्यानाकर्षण


८, असोज २०८०
  • 167
    SHARES
  • कांग्रेस बैठक सम्पन्न : प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    काठमाडौँ । नेपाली कांग्रेसले जनसवालका बिषयदेखि शान्ति सुरक्षासम्मका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

    सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महङ्गी कालाबजारी नियन्त्रण, आर्थिक मितव्ययिता, आवश्यक कानुन निर्माण र शान्ति सुरक्षाका बिषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

    मुलुक आर्थिक समस्यामा रहेका बेला आर्थिक मितव्ययीता अपनाउने कुरामा कांग्रेस गम्भीर रहेकाले तीनै तहका सरकारले अनावश्यक संरचना निर्माण नगर्ने र गरेको खण्डमा कांग्रेसले संलग्नता नजनाउने बैठकको निर्णय छ । 

    त्यस्तै संविधान जारी भएको ८ बर्ष पुग्दा पनि आवश्यक कानून निर्माण नहुदा तीनै तहका सरकार अन्यौलमा रहेकाले तत्काल कानून निर्माण गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ भने कांग्रेस नेतामाथि भएको आक्रमणले सरकारको शान्ति सुरक्षामा नै प्रश्न खडा भएकाले जनतालाई सुरक्षाको अनुभूति हुने गरि शान्ति सुव्यवस्था चुस्त दुरुस्त राख्न सरकारको ध्यानाकर्षण गराएको प्रचार बिभाग प्रमुख विश्वकर्माले बताउनुभयो । 

    त्यस्तै बैठकले शिक्षक संगठनसंग भएको वार्ताको स्वागत गर्दै सहमति भएअनुसारको कानून निर्माण गर्न सदनबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकले आसन्न महासमिति बैठकलाई सम्पन्न गर्न तीन वटा समिति गठन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिनुभयो । 

    उहाँका अनुसार पार्टी सभापति शेर बहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, सहमहामन्त्री पूर्ण वहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, महामन्त्री गगन थापाको संयोजकत्वमा प्रतिवेदन तयारी समिति र महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समासामयीक राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ । बैठकले पार्टीले गरेका बिभिन्न गरेका कार्यक्रमहरुले पार्टीलाई बलियो बनाएको निष्कर्ष निकालेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend