Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’


९, असोज २०८०
  • 263
    SHARES
  • राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’

    बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ । सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाको नौवटै वडामा प्रसुती गृह सञ्चालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।

    “गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ”, उहाँले भन्नुभयो,“आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ ।”

    अध्यक्ष पौडेलले राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले वडा नं.६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नवनिर्मित प्रसुति गृह भवनको उद्घाटन गरी प्रसुति सेवा सञ्चालनको तयारी गरेको छ । 

    योसँगै राप्ती सोनारी गाउँपालिकाका सात वडामा प्रसुती गृह सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै प्रसुती गृह सञ्चालनमा आइसकेका छन् । अब यो आर्थिक वर्षमै वडा नंं ८ शम्शेरगन्जमा पनि प्रसुती गृह सञ्चालनमा ल्याइने  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।  

    वडा नं.६ कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसुति गृह सञ्चालनमा आएपछि सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको अन्त्यसँगै आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    कमैयाडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी कार्यरत छन् । प्रसुती गृह सञ्चालनपछि भने जनशक्तिको अभाव हुने अनमि तिलसरी घर्तीले बताउनुभयो ।

    रु.छब्बीस लाख २४ हजार ९ सय ५८ मा प्रसुती गृह भवन निर्माण सम्पन्न भएको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । वडा नं. ६ मा गर्भवती तथा सबैखाले विरामीको सहजताका लागि एम्वुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ ।

    नेपाल रेडक्रस सोसाइटीको रु.२४ लाख र गाउँपालिका र वडा कार्यालयको करिब रु।एक लाखको सहयोगमा एम्वुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको वडाध्यक्ष खरेलले बताउनुभयो । 

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend