Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मुगुमा  डिजेल र पेट्रोलका २ पसलमा तालाबन्दी


१०, असोज २०८०
  • 265
    SHARES
  • मुगुमा  डिजेल र पेट्रोलका २ पसलमा तालाबन्दी

    मुगु । जिल्ला सदरमुकाम गमगढी बजारमा रहेका अधिकांश पसलहरु कानुनविपरीत सञ्चालन भएको पाइएको छ । खाद्यान्न, खुद्रा, फेन्सी इलेक्टोनिक, सिलाईकटाई, मोबाइल, तरकारी, होटल, मदिरा, डिजेल, पेट्रोल, मासु पसल पसलहरुका अनुगमन गर्दा यस्तो पाइएको हो ।

    जनगुनासो आएपछि मंगलबार जिल्ला संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको थियो । त्यस क्रममा अवैध रुपमा डिजेल ग्यास र पेट्रोल बिक्री गर्ने २ पसलमा अनुगमन टोलीले तालाबन्दी गरेको हो । गमगढी बजारमा रहेको सम्झना जनरल स्टोर एण्ड सप्लायर्स फर्ममा डिजेल र पेटोलको २–३ बर्षदेखि अबैध रुपमा कारोबार गरेको देखिएको र मनिसा पेट्रोल निगम फर्ममा बिक्री बितरणको लागि अनुमति नलिई कारोवार गरेको देखिएपछि तालाबन्दी गरिएको हो ।

    अवैध रुपमा गरिने कारोबार नियन्त्रण हुनुपर्ने र सम्बन्धितलाई कारवाही हुनु पर्ने नागरिक समाज मुगुका अध्क्षय रुप बहादुर मल्लले बताउनुभयो । सरोकारवाला निकायमा व्यवसाय अनिवार्य रुपमा दर्ता हुनुपर्ने र यसका लागि व्यवसायीलाई जनचेतना दिर्ने काम उद्योग वाणिज्य संघबाट भइरहेको भए पनि कतिपयले अटेर गर्दै व्यवसाय सञ्चालन गरेको पाइएको उद्योग वाणिज्य संघ मुगुका प्रथम  रत्नसिंह मल्लले बताउनुभयो । 

    अवैध कारोबार गर्ने पसलहरुलार्य कानुनअनुसार कारबाही गरिने अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र अ‍ोखडाले बताउनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend