Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि


१२, असोज २०८०
  • 169
    SHARES
  • ‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि

    गण्डकी । नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि सुरु हुँदैछ । 

    उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । शनिबार र आइतबार ती खेल सञ्चालन हुने महासङ्घका अध्यक्ष केशवकुमार विष्टले बताउनुभयो । महोत्सवका अन्य खेल यही असोज २० गतेदेखि २३ गतेसम्म काठमाडौँ, ललितपुर र हेटौँडामा सञ्चालन हुने उहाँको भनाइ छ । 

    महोत्सवमा राष्ट्रिय खेल भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बि बोइङ, फुलकन्ट्याक्ट कराँते, सेपाकताक्रो, बुद्धिचाल, योग खेल र स्केटबार्ड सञ्चालन हुनेछ । “केही लोकप्रिय र केही आझेलमा परेका खेललाई महोत्सवमा समावेश गरिएको छ”, अध्यक्ष विष्टले भन्नुभयो, “खेलाडी र खेल क्षेत्रको विकासमा टेवा थप्न महोत्सव राखिएको हो ।”

    शनिबारदेखि खेल प्रतियोगिता सुरु भए पनि महोत्सवको औपचारिक उद्घाटन भने यही असोज २० गते काठमाडौँमा गरिने भएको छ । पोखरामा सञ्चालन हुने योग खेल र स्केटबोर्डमा देशभरबाट करिब दुई सय जना खेलाडीले भाग लिने जनाइएको छ । 

    ती खेलका विजेता खेलाडीलाई आइतबार पोखरा रङ्गशालामा हुने विशेष समारोहमा पुरस्कार वितरण गरिने भएको छ । महोत्सवमा हुने सबै प्रतियोगितमा सातै प्रदेशको सहभागिता रहने अध्यक्ष विष्टले बताउनुभयो । 

    “कपितय खेलमा खुला रुपमा पनि खेलाडी आउँछन्, सबै खेलमा गरी झण्डै दुई हजार खेलाडीले भाग लिँदैछन्”, उहाँले भन्नुभयो, “खेलाडीको यातायातदेखि खानेबस्ने व्यवस्था सबै आयोजकले मिलाउँछ ।”

    पहिलोपटक आयोजना गर्न लागिएको ‘नेकोस खेलकुद महोत्सव’लाई बर्सेनि निरन्तरता दिइने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनमा झण्डै दुई करोड खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विजेता हुने खेलाडीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र गरिने जनाइएको छ ।

    “खेल गतिविधि पनि कम हुने र राज्यको पनि खासै ध्यान पुग्न नसकेका योग खेल, बि बोइङ जस्ता खेललाई पनि प्रतियोगितामा समावेश गरिएको छ”, अध्यक्ष विष्टले भन्नुभयो, “फुटबल, क्रिकेटजस्ता लोकप्रिय खेलका नियमित प्रतियोगिता भइरहेका हुन्छन्, तिनमा राज्यको पनि लगानी छ, कतिपय खेल त नेपालबाट हराउने चिन्ता छ, तिनको जगेर्ना गर्नु पनि महोत्सवका उद्देश्य हो ।”

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend