Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पाल्पामा नेपाल वडासङ्घ गठन


१३, असोज २०८०
  • 257
    SHARES
  • पाल्पामा नेपाल वडासङ्घ गठन

    पाल्पा । राजेशकुमार अर्यालको अध्यक्षतामा नेपाल वडासङ्घ पाल्पाशाखा गठन गरिएको छ । जिल्लाको ८१ वडाध्यक्षको भेलाले गठित सङ्घको उपाध्यक्षद्वयमा दिवाकर देवकोटा र रामबहादुर रावल, सचिवमा थानेश्वर तिमिल्सेना, सहसचिव राजकुमार पन्थी, कोषाध्यक्ष इन्द्रा चिदी रहनुभएको छ । 
        
     सदस्यहरूमा दामोदर पाठक, नविन्द्र थापा सोती, निरबहादुर सारु, ईश्वर काफ्ले, युगबहादुर ठाडा, ओमप्रकाश गैरे, सागरमान महर्जन, चिरञ्जीवी पोखरेल, यादव अर्याल, गोविन्द रायमाझी रहनुभएको छ । भेलाले वडा कार्यालय जनताको नजिकको कार्यालय भएको जनाउँदै शुक्रबार वडासङ्घ गठन गरेको हो । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । 

    भेलाले वडा कार्यालयमा परेका राजनीतिक, कानुनी र सार्वजनिक समस्यालाई एकताबद्धरुपले समाधान गर्ने र देशभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठितरुपले आवाज उठाउन अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ । 

    नवनिर्वाचित वडासङ्घका अध्यक्ष अर्यालले देशैभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठित हुन अभियानको सुरुआत पाल्पाबाट गरिएको बताउनुभयो । भेलाले स्थानीय सरकार सञ्चालन ऐन परिमार्जन गरेर वडालाई आर्थिक अधिकार सम्पन्न बनाउन माग समेत गरेको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend