बुटवल । प्रायः जसो शहर बजारमा सञ्चालन हुँदै आएका विभिन्न क्लवहरुले आ-आफ्ना कार्यक्रम र क्लवको वार्षिकोत्सब मनाउने शैली फरक हुन्छन् । सामाजिक कार्य सेवामा लाग्ने गरेका क्लवहरु आफ्नै स्रोत जुटाएर विभिन्न कार्यक्रमहरु गर्दै आएका हुन्छन् ।
धेरैजसो क्लवहरुले भव्य रुपमा गर्ने गरेका बेला शनिवार देविनगरमा एउटा क्लवले आफ्नो वार्षिकोत्सब अन्य भन्दा फरक तरिकाले मनायो । "एकछाक मीठो खाना" अपाङ्ग आश्रममा रहेका अशक्तहरु सँग उद्देश्य राखेर ।
उक्त क्लव थियो, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको ८ औं वार्षिकोत्सव । नेपाल अपाङ्ग आश्रम बुटवल उपमहानगरपालिका वडा न-११ देविनगरमा रहेको आश्रममा पुगेर क्लवले आफ्नो स्थापना दिनलाई सरल तर निकै महत्वाकांक्षी रुपमा मनाएको वक्ताहरुले बताउनुभयो ।
लायन्स क्लवहरुले लिएको उद्देश्य अनुरुप नै कार्यक्रम गरिएको थियो । आश्रममा रहेका ४२ जना अपाङ्गहरुको माझ वार्षिकोत्सब मनाएको क्लवले वालकवालिका १२, पुरुष १९ र महिला १० अपाङ्गता भएका व्यक्तिहरुलाई "एकछाक मीठो खाना" खुवाएर मनाएको हो ।
बर्ष २०२३/२०२४ का अध्यक्ष थानेश्वर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लायन कमल थापा क्षत्री, विशिष्ट अतिथि सेकेन्ड भिपी बालाराम भट्टराई, प्रमुख अतिथि अर्जुनमान सैंजु र कार्यक्रम संयोजक लायन माधव ढकाल लगायतले शुभकामना दिदै मणिमुकुन्द युथको कार्यको बारेमा जति सराहनीय गरेपनि कमि नहुने बताउँदै क्लबले हरेक वर्ष पाल्पाको दमकडा लगायतका स्थानमा गर्ने कार्यहरु अन्य क्लवभन्दा तुलनात्मक रुपमा उदाहरणीय रहेको जनाउनु भएको थियो ।
आश्रमका प्रमुख डोल वहादुर रामदामले भन्नुभयो, बेलाबखतमा दाता तथा संघसंस्थाहरुले गर्दै आएको सहयोगले नै चल्दै आएको र मणिमुकुन्द युथले आफ्नो स्थापना दिनको अवसरमा हामीजस्ता भाग्यबाट नै ठगिएका अपाङ्ग व्यक्तिहरुलाई एकछाक मीठो खाना खुवाउँदा आफुहरुलाई भगवान नै प्रकट भएजस्तो हुने गरेको सुनाउनुभयो ।