Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मध्यविन्दु अस्पताल : ७२ शय्याको सेवा दिँदै


१६, असोज २०८०
  • 149
    SHARES
  • मध्यविन्दु अस्पताल : ७२ शय्याको सेवा दिँदै

    नवलपरासी । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको हालको स्वीकृत शय्या १५ हो । जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा रुपान्तरणको तयारी गरिएको छ ।  पन्ध्र शय्याको अस्पताल भए पनि हाल ७२ शय्या सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

    जिल्ला अस्पतालमा १५ शय्याको दरबन्दी रहेको र सोही जनशक्तिबाट मुस्किलले सेवा दिनुपर्ने बाध्यता रहेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेलले बताउनुभयो । 

    अस्पतालमा बिरामीको चाप धेरै रहेकाले थोरै जनशक्तिबाट सेवा दिन निकै कठिन रहेको उहाँको भनाइ छ । “हामी १५ शय्याको दरबन्दीमा चलेका छौँ, ५० शय्यामा स्तरोन्नति हुने क्रममा छ, तर अहिले पनि ७२ शय्या सञ्चालनमा छ”, मेडिकल सुपरिटेन्डेन्ट कँडेलले भन्नुभयो, “आवश्यक स्रोत र जनशक्ति नहुँदा सेवा दिन निकै मुस्किल भएको छ ।”
     
    उहाँका अनुसार १५ शय्याको अस्पतालका रूपमा  स्वीकृत दरबन्दी ३१ जना रहेको छ । यसमध्ये हाल जम्मा १४ जनामात्रै जनशक्ति रहेका छन् । हाल स्वीकृत शय्याको जनशक्ति पूरा गरी अस्पतालाई कम्तीमा सय शय्याको अस्पतालका रूपमा सञ्चालन गर्ने गरी स्रोत र जनशक्ति आवश्यक रहेको उहाँको भनाइ छ ।

    अस्पतालमा ज्यालादारी  र अन्य कार्यक्रमका जनशक्तिको प्रयोग गरेर सेवा दिनुपर्ने अवस्था रहेको सुपरिटेन्डेन्ट डा. कँडेलले बताउनुभयो । अस्पतालको भौतिक संरचनादेखि अन्य उपकरण, मानव जनशक्ति सबै कम रहेकाले तत्काल प्रदेशले यसको सुधारका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
     
    उहाँका अनुसार जिल्ला अस्पतालमा विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने बिरामीको चाप उल्लेख्य बढेको छ । वि.सं २०७७/७८ मा २२ हजार तीन सय ६१ जनाले सेवा लिएकामा गत आ.वमा ९० हजार सात सय ५६ जनाले सेवा लिएका छन् । यो गत वर्ष गण्डकी प्रदेशका अन्य जिल्लाका अस्पतालबाट प्रदान गरिएको सेवा सङ्ख्यामध्ये सबैभन्दा धेरै हो । बिरामीको चाप बढ्दै जाने तर स्रोत साधन थप्ने विषयमा भने पहल नहुँदा समस्या भएको उहाँको भनाइ छ । 

    प्रदेश सरकारले अन्य जिल्ला अस्पतालसरह हेरेरमात्रै मध्यविन्दु जिल्ला अस्पतालको विकास हुन नसक्ने उहाँको भनाइ छ । “अन्य अस्पताल २०–२५  वर्षअघिदेखि सञ्चालनमा छन्, अहिले तिनीहरू सरह गर्दा भर्खर नयाँ अस्पतालले कसरी आफूलाई माथि उठाउने”, मेडिकल सुपरिटेन्डेन्ट डा. कँडेलले भन्नुभयो, “गण्डकी प्रदेश सरकारले यस अस्पताललाई अन्य सरह पुर्याउन सकारात्मक विभेद गर्न आवश्यक छ ।”

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरे अस्पताल कठिन अवस्थाबाट गुज्रिरहेको बताउनुहुन्छ । “वि.सं २०७५ मा जिल्ला अस्पतालका रूपमा घोषणा भएकामा पाँच वर्षसम्म १५ शय्याको जनशक्ति पूरा हुन सकेन । बिरामीको चाप बढ्दो छ, बाध्यताले शय्या थप गर्नुपर्ने अवस्था छ, तर साधन स्रोत न्यून छ”, उहाँले भन्नुभयो । 

    जनशक्ति कमी हुँदासमेत अस्पतालमा सुरु गरिएका विभिन्न सेवालाई जेनतेन निरन्तरता दिनुपर्ने अवस्था रहेको अध्यक्ष घिमिरे बताउनुभयो । अस्पताल प्रशासनको तर्फबाट सेवालाई प्रभावकारी बनाउन समन्वय भइरहेको भए पनि पूर्वाधारको कमी, जनशक्ति, प्रयोगशालाका लागि विभिन्न उपकरणलगायतको कमीले समस्या रहेको उहाँको भनाइ छ । जिल्ला अस्पतालको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend