Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कराँतेको रेफ्री नेतृत्वमा देवकोटा 


१८, असोज २०८०
  • 550
    SHARES
  • कराँतेको रेफ्री नेतृत्वमा देवकोटा 

    बुटवल । कराँते खेलमा निकै कडा मेहनत गरेर देशविदेशमा समेत खेलीसकेका खेलाडि हुन् बुटवलका कृष्णप्रसाद देवकोटा । कराँतेमा अब्बल मानिने देवकोटा हाल नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशको दाङमा सम्पन्न प्रदेशस्तरीय बैठक तथा रेफ्री भेलाले कृष्ण देवकोटालाई चयन गरेको छ ।

    नेपाल सितोरियो कराँते संघ रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते रेफ्री, प्रदेश खेलकुद परिषद् लुम्बिनीका पूर्वकोषाध्यक्षको समेत कुशल जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । 

    प्रदेशका बिभिन्न १२ जिल्लाका प्रतिनिधि, प्रमुख कराँते प्रशिक्षक, खेलाडी, रेफ्रीहरुको बृहत भेलाले देवकोटालाई चयन गरेको हो । भेलाले प्रदेश स्तरिय ९ सदस्यीय रेफ्री कमिटी गठनसमेत गरेको छ।

    जसको सह-संयोजकमा रीना राना (बाँके), सचिवमा मोहलाल थापा मगर (दाङ), सह-सचिवमा डम्मर बहादुर सोमै (कपिलबस्तु ), सदस्यहरुमा गोपी पुन (नवलपरासी), मोलन घर्ति (रोल्पा), बसन्त के सी, मनिराम चक्रवर्ती (बर्दिया), शंकर बिसी (प्युठान) बाट निर्वाचित हुनुभएको छ । 

    पछिल्लो समय नेपाललाई खेलकुद जगतले नै चिनाउँदै गएको छ ।   खेललाई व्यवस्थित र मर्यादित बनाउनका नेपाल कराँते महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताईएको छ।   

    नवगठित सदस्यहरुलाई नेपाल कराँते महासंघका अध्यक्ष पदम बहादुर बस्नेतले शुभकामना दिदै कराँते खेल, खेलाडी र रेफ्रीको महत्वको भूमिका र जिम्मेवारीबारे ध्यान दिएर लाग्न सुझाव दिनुभएको थियो । कार्यक्रममा रुपन्देही कराँते प्रशिक्षक माधव घिमिरे, महासंघका सचिव रामु सुनार लगायतले बोल्नुभएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend