Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तिलोत्तमा नगरपालिकाका प्रमुख खाँडलाई अन्तरराष्ट्रिय संगठनको सदस्यता प्रदान


१८, असोज २०८०
  • 182
    SHARES
  • तिलोत्तमा नगरपालिकाका प्रमुख खाँडलाई अन्तरराष्ट्रिय संगठनको सदस्यता प्रदान

    काठमाडौं । जापानी अन्तरराष्ट्रिय संस्थाले तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडलाई अन्तरराष्ट्रिय संगठनको सदस्यता प्रदान गरेको छ । "शान्तिका लागि मेयरहरु" नामक जापानी अन्तरराष्ट्रिय संस्थाले मेयर खाँडलाई संगठनको सदस्यता प्रदान गरेको हो ।

    प्रमुख खाँडलाई उक्त संस्थाका अध्यक्ष एवं जापान स्थित हिरोशिमा नगरपालिकाका मेयर माट्शूइ काजूमीले  मेयर खाँडलाई एक कार्यक्रममा बीच सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । 

    प्रमाणपत्रका साथै हिरोशिमाका मेयर काजूमीद्वारा मेयर खाँडलाई प्रेषित पत्रमा शान्तिपूर्ण विश्व निर्माण गर्नका निम्ति खाँडको सहयोग तथा समर्थन आवश्यक रहेको उल्लेख गरिएको छ । जापानी मेयर काजूमीले मेयर खाँडको सुस्वास्थ्य एवं समस्त तिलोत्तमा नगरको विकास एवं समृद्धिको कामना गरेका गर्नुभएको छ।

    हिरोशिमा दक्षिणी जापानस्थित एक ठूलो शहर हो । यस शहरमा द्वित्तीय विश्वयुद्धताका सन् १९४५ अगस्त ६ तारिखका दिन अमेरिकाले पहिलो आणविक बम खसालेको थियो, जसका कारण १ लाख ४० हजार जापानीहरुको मृत्यु भएको थियो । 

    तत् समयमा ठूलो विध्वंश मच्चिएको शहर भएता पनि जापानीहरुको अथक परिश्रम एवं अन्तरराष्ट्रिय विकास सहयोगले आज ७७ वर्षपछि त्यहि हिरोशिमाले संसारका विकसित शहरहरुको सूचीमा आफूलाई उभ्याउन सफल भएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend