Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकप फुटबल : नेपालले यहि आश्विन २५ गते लाओससंग प्रतिष्पर्धा गर्ने 


१९, असोज २०८०
  • 214
    SHARES
  • विश्वकप फुटबल : नेपालले यहि आश्विन २५ गते लाओससंग प्रतिष्पर्धा गर्ने 

    काठमाडौँ । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी आश्विन २५ गते लाओससंग प्रतिष्पर्धा गर्ने भएको छ । 

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल आश्विन २५ नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिनुभएको हो । फिफा वरियतामा लाओस १८६ औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा रहेको छ ।

    खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलका लागि लाओसको टोली आश्विन २२ गते नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

    उहाँले खेलको सम्पूर्ण तयारी अघि बढाईसकिएको र टिकट दर साधारण पारापिटतर्फ ३ सय र भिआइपी पारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको बताउनुभयो । प्रतियोगिताको अनुमानीत बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ ।  लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend