भैरहवा । पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको चाहाना विश्व समृद्धीको कामना भन्ने नाराका साथ २०५७ सालमा स्थापना भएको संस्थाले आज २४औँ साधारण सभा शनिबार गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी संस्थाहरु एक जुट हुँदै टुरिष्ट सहकारी र स्थानीय सहकारी बिचको बुझाइलाई जनमानसमा चिर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं १५ का वडाध्यक्ष तथा प्रमुख अतिथि खेम प्रसाद गुरुङले राज्यको ढुकुटी जोगाउको लागि सहकारीले अह्म भूमिका निभाएको बताँउदै स्थानिय स्तरका सहकारीमा बचत गर्नुपर्ने बताउनुभयो । बचतकर्ता तथा ऋणीहरुले बचत, ब्याज र किस्ता समयमै तिर्ने दायित्व सम्झेमा सहकारीहरु सञ्चालनमा समस्या नहुनेमा प्रमुख अतिथि गुरुङले जोड दिनुभयो ।
संस्थाका अध्यक्ष डोलराज बस्यालले पशुपति सहकारी अब्बल रहेको बताउँदै लगानीकर्ता तथा शेयर सदस्यको बचत सुरक्षित रहेको बताउनुभयो । कार्यक्रम संयोजक लालमणी भुसालले सहकारीको बार्षीक कार्यतालिका अनुसार सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताउनुभयो ।
पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७९।८० सम्म संस्थाको शेयर पूँजी २६ करोड ४ लाख ७७ हजार , ५९ लाख ५५ हजार २ सय ६४ रुपैँया जगेडा कोष, बचत संकलन २० करोड २९ लाख ४६ अजार ८ सय ११, कर्जा जोखिम कोष ३२ लाख ९४ हजार २ सय ९० र अन्य कोष ६४ लाख ८५ हजार ४ सय ३४ रहेको छ । साधारण सभाको अवसरमा जेष्ठ नागरिक सम्मान, कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याउने शेयर सदस्यका छोराछोरी सम्मान र असल ऋणीलाई सम्मान गर्नुको साथै चिठ्ठा कार्यक्रम पनि गरिएको थियो ।