Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसियाड आज सकिँदै


२१, असोज २०८०
  • 136
    SHARES
  • एसियाड आज सकिँदै

    काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) आज समापन हुँदैछ । समापन समारोह हाङजाउस्थित ओलम्पिक खेलकुद स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। समापन समारोह लगभग ७५ मिनेट चल्नेछ।

    समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि क्वान सहभागी हुनुहुने छ। खेलको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नुभएको थियो ।

    नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि खेलको उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । एसियाडमा ४ सय ८१ स्वर्ण पदकका लागि ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले ४० खेलका ६१ भन्दा बढी विधामा प्रतिस्पर्धा गरेका छन्।

    प्रतियोगिताको अन्तिम दिनसम्म आयोजक राष्ट्र चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। पछिल्लो पदक तालिकाअनुसार चीन २ सय स्वर्ण, १ सय ११ रजत र ७१ कास्यसहित कुल ३ सय ८ पदक जितेर शीर्ष स्थानमा छ।

    दोस्रो स्थानको जापानले ५१ स्वर्ण, ६६ रजत र ६९ कास्य पदक जितेको छ। दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कास्यसहित तेस्रो स्थानमा छ। २८ स्वर्ण, ३८ रजत र ४१ कास्यसहित भारत चौथौ स्थानमा छ। 

    प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ। नेपालले करातेमा रजत र कबड्डीमा कास्यसहित दुई पदक जितेको छ। ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङले एसियाली खेलकुद समापनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने छिन्।

    सहभागी ४५ देशमध्ये २७ देशले स्वर्ण पदक जितेका छन्। नेपालसहित ४१ देशले पदकको खाता खोले। ४ देशले पदक जित्न सकेका छैनन् । एसियाली खेलकुदको अन्तिम दिन आज २ खेलका अन्तिम ३ स्वर्ण जित्ने खेलाडीको टुङ्गो लाग्नेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend