बुटवल । नजिकिँदै गरेको हिन्दु धर्मालम्बीहरुको महान् पर्व विजया दशमीको अवसरमा बुटवल उप-महानगरपालिका वडा न-१० ले सोमबार बृहत दशैं शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । वडामा रहेको कालिका कराते डो एकेडेमीको हलमा कार्यक्रम हुने भएको वडा कार्यालयले जनाएको छ ।
शुभकामना कार्यक्रमका लागि २०४८ देखि २०७४ साल सम्मका पूर्व जनप्रतिनिधिहरु, स्थापनाकालदेखि वर्तमान सम्मका टोल अध्यक्षहरु ,स्वास्थ महिला स्वयंसेवीका, ९० बर्ष माथिका बुवाआमाहरु र सोही वडामा कार्यरत कर्मचारीहरु र उत्कृष्ट पत्रकारीता सम्मान पत्रकारलाई पनि गरिने वडाध्यक्ष बलु पुनमगरले बताउनुभएको छ ।
कार्यक्रम बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा हुने बताईएको छ । उक्त कार्यक्रम उपस्थितका लागि विभिन्न राजनीतिक दल, टोलबिकास संस्था, बुद्धिजीवी तथा समाजसेवी,आमा समुह, रामनगर सामुदायिक वन, कालिका खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, रामनगर संरक्षण केन्द्र,सामाजिक भवनका अध्यक्ष तथा प्रतिनिधिहरु, जेष्ठ नागरिक मञ्च, क्लब,बालक्लब विद्यालयका संघसंस्था, पत्रकारहरु र कर्मचारी सबैलाई उपस्तिथिको लागि वडा कार्यलयले आग्रह गरेको छ ।