Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जब जेष्ठ नागरिकलाई वडाले गलामा खादा लगाईदिएपछि


२३, असोज २०८०
  • 358
    SHARES
  • जब जेष्ठ नागरिकलाई वडाले गलामा खादा लगाईदिएपछि

    बुटवल । गलामा खादा, हातमा पुष्पको गुच्छा र हातमा हर्लिक्स समाउँदै गर्दा जेष्ठ नागरिक पूर्णकला पराजुलीको ओठमा हाँसो खुलेको देखिथ्यो । नगरप्रमुख र वडाध्यक्षले टीका, सम्मानपत्रले सम्मान गर्दा पराजुलीसहित पबी गुरुङ, ललिता गैरेलगायत जेष्ठ नागरिकहरु हर्षित देखिनुहुन्थ्यो ।  

    एकैपटक जेष्ठ नागरिक सहित वडाका २०४८ सालदेखि निवर्तमान जनप्रतिनिधि, पूर्व टोलविकास समितिका अध्यक्ष, स्वास्थ्य स्वयंसेविका र कार्यरत कर्मचारीहरुलाई सम्मान गर्दा हौसला सँगै जिम्मेवारी पनि बढेको अनुभूति गरेका थिए ।

    सोमवार बुटवल उपमहानगर वडा न.१० ले आयोजना गरेको विजयादशमी शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा विगतदेखि वर्तमान जनप्रतिनिधिहरुलाई खोजेर सम्मान गरिएको थियो ।  

    २०५२ सालदेखि स्वयंसेविकाको काम गर्दै आएका कतिपय स्वयंसेविकाहरुले भन्नुभयो, हामीलाई उपमहानगरमा जाँदा चिन्नुहुन्न कर्मचारीलाई आफ्नो परिचय दिदा के छ प्रमाण देखाउनुस् भन्नुहुन्छ । किनभने उपमहानगरमा हाम्रो अभिलेख नभएको अवस्थामा वडाले गरेको सम्मानले हामीहरु को पहिचान खुल्यो । वर्तमान जनप्रतिनिधिलाई धन्यवाद दिन्छौं ।

    कार्यक्रममा उत्कृष्ट पत्रकारीता सम्मान दुईजना पत्रकारलाई गरिएको थियो । लुम्बिनी टेलिभिजन कि मनु गुरुङ र हाम्रा कुरा डटकमका लुम्बिनी प्रदेश ब्यूरो नारायण वलीलाई सम्मान गरिएको थियो । 

    वडा सदस्य यमुना काउचाको स्वागतबाट शुरु भएको कार्यक्रममा ८ जना वयोवृद्ध, पूर्व जनप्रतिनिधि १४, पूर्वअध्यक्ष टोल अध्यक्ष ३६, स्वयंसेविका १०, पत्रकार २, कर्मचारी ८ गरि ७८ जनालाई बृहतरुपमा सम्मान गरिएको थियो ।

    शुभकामना तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगर नगरप्रमुख खेलराज पाण्डेयले आफुले हालसम्म थाहाँ नपाएका पूर्वजनप्रतिनिधिहरुलाई यो कार्यक्रममा चिन्ने मौका पाएको भन्दै वडाले पुराको खोजी गरि सम्मान गरेकोमा धन्यवाद दिनुभएको थियो । साथै उहाँले नगरको हरेक कार्यमा विभिन्न क्षेत्रमा रहेका सम्मानित व्यक्तिहरुको आवश्यक भएकाले साथ दिनुपर्ने बताउनुभयो ।

    बुटवल उपमहानगर वडा न.१० का वडाध्यक्ष बलवहादुर पुनले आफु नेतृत्वको जनप्रतिनिधि आएपछि बर्षौदेखि हुन नसकेका योजना गर्न भ्याएको बताउँदै वडाले अब उद्यमशिलता सम्बन्धि सीपमुलक तालिम आमा समूह मार्फत् सञ्चालन गरेर नागरिकलाई आयमुलक कार्यमा जोड्ने योजना रहेको सुनाउनु भएको थियो । 

    दोस्रो निर्वाचनपछि आएको वडाको नेतृत्वले विभिन्न स्थानमा विगतदेखि काम गरेकाहरुलाई सम्झदै आगामी दिनमा थप सामाजिक क्षेत्रमा काम गर्न उत्प्रेरणा जगाएको टोल विकास संस्थाका पूर्वअध्यक्ष धर्मराज पौडले बताउनुभयो। 

    होमप्रसाद अधिकारीले पनि वडाले गरेको सम्मानले विगतदेखि हालसम्मका व्यक्तित्वहरुको महत्व र गरिमा बढाएको जनाउनुभयो । आमा समुह हरिमायाँ क्षत्री, स्वयंसेविका संयोजक चन्द्रकला वुढाथोकी लगायतले दशैं शुभकामना दिदै वडाले आगामी दिनमा वडाको विकासका लागि राम्रा काम गर्दै जानेमा विश्वस्त रहेको बताउनुभएको थियो । 

    सम्मानित भएकाहरुले हामीलाई यसरी हालसम्म प्रोत्साहन स्वरुप सम्मान गरेका थिएनन्, आज वडाले हामीलाई खोजेर चिनायो, यो हाम्रो लागि वडाप्रति थप जिम्मेवार भएर लाग्ने, सल्लाह सुझाव दिने मौका दिएकोमा हामी खुसी छौं । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend