Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चन्दाबाट कवर्डहल स्तरोन्नति


२५, असोज २०८०
  • 1,359
    SHARES
  • चन्दाबाट कवर्डहल स्तरोन्नति

    म्याग्दी ।  खेलाडीले चन्दा सङ्कलन गरेर म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कालीपुल कवर्डहलको स्तरोन्नति गरेका छन् । ब्याडमिन्टन खेलाडीले कवर्डहलभित्र ‘म्याट’ राखेर स्तरोन्नति गरेका हुुन् । जिल्ला खेलकुद विकास समिति, ब्याडमिन्टन सङ्घ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन सङ्घको संयोजनमा दुई ब्याडमिन्टन कोर्ट (मैदान) मा ‘लेलिन ब्राण्डको म्याट’ बिछ्याइएको हो । 

    बेनी नगरपालिका ब्याडमिन्टन सङ्घका अध्यक्ष सज्जन शाक्यले रु नौ लाख खर्चेर म्याट बिछ्याएको बताउनुभयो । “म्याट बिछ्याएर ब्याडमिन्टन कोर्टको स्तरोन्नति गरिएको हो”, उहाँले भन्नुभयो, “खेलाडीबाट चन्दा सङ्कलन गरेर म्याट खरिद गरेका हौँ ।” 

    ब्याडमिन्टन खेलाडीले प्रतिव्यक्ति रु एक हजारदेखि पच्चिस हजारसम्म सहयोग गरेका छन् । रु पाँच हजारभन्दा बढी सहयोग गर्नेहरुको नामावली शिलालेखमा राखिने सङ्घले जनाएको छ । बेनीको कवर्डहलको ब्याटमिन्टन कोर्टमा यसअघि काठ बिछ्याएर पार्केटिङ गरिएको थियो । काठको पार्केटिङ भएको कोर्टमा खेल्दा चिप्लने, लडेर हात खुट्टा भाँचिने र चोटपटक लागेर खेलाडी घाइते हुने गरेका थिए । जिल्ला बाहिरको म्याट बिछ्याएको कोर्टमा हुने प्रतिस्पर्धामा खेलाडीलाई खेल्न बानि नपर्दा समस्या भएको थियो । 

    जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले ब्याडमिन्टन खेलको सम्भावना देखिएकाले यसको विकासका लागि कवर्डहलको स्तरोन्नति गरिएको बताउनुुभयो । “म्याट बिछ्याउन खेलाडीले चन्दाबाट उठाएको पैसा नपुुगे खेलकुद विकास समिति र बेनी नगरपालिकामार्फत ब्यावस्थापन गर्छौं”, उहाँले भन्नुभयो, “खेलाडीले सुरक्षित रुपमा खेल्न पाउनुका साथै दुर्घटना घट्ने र खेलमा थप सुधार भएर पदक जित्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

    म्याग्दीमा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । बेनीको कवर्डहलको अलावा विभिन्न सरकारी कार्यालय र विद्यालयमा पनि ब्याटमिन्टन कोर्ट बनाएर खेल्ने गरेका छन् । खुला ठाउँको कोर्टमा पानी पर्दा र गर्मी हुदाँ खेल्न मिल्दैन । 

    शारीरिक व्यायमका लागि ब्याडमिन्टन खेल प्रभावकारी भएको खेलाडी लोकेश पुन मगरले बताउनुभयो । कर्मचारी, व्यवसायी, शिक्षक, बैंक, सहकारीकर्मी शारिरिक व्यायमका लागि बिहान, बेलुकीको समयमा ब्याडमिन्टन खेल्ने गर्छन् । 

    बेनीका अलावा तातोपानी, बाबियाचौर, ताकम, मुना, मराङलगायत ग्रामीण क्षेत्रमा पनि ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष हिमालय कार्कीले बताउनुभयो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend