बुटवल । मानव संसाधनको अत्यन्तै संवेदनशील अंग हो आँखा । जसको सहयोगले दृश्यावलोकन गर्न सकिन्छ । सोही आँखालाई मानिसहरुले खासै चासोका साथ नलिने भएकाले पछिल्लो समय आँखामा देखिने समस्या लिएर धेरैजना अस्पताल पुग्नेहरुको संख्या बढ्दै गएको देखिन्छ ।
आँखालाई खानपान र सफाईले गर्दा स्वस्थ्य राख्न सकिने जस्ता सचेतनामुलुक ब्यानर र पम्पिलेट कार्यस्थलमा आँखालाई माया गरौँ जस्ता सन्देश लिएर बुटवलमा रहेका लायन्स क्लवहरुले बिहीबार बुटवलको राजमार्ग चौराहदेखि पुष्पलाल पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने विभिन्न लायन्स क्लवका नेतृत्वहरुले आँखालाई बचाउन चस्मालाई फेसनको रुपमा नभई औषधिको रुपमा लिनुपर्ने बताउनुभएको थियो ।
वक्ताहरुले आँखाको जाँच र नि:शुल्क उपचारका लागि लायन्स क्लवहरुले निकै ठूलो भूमिका खेल्दै आएको चर्चा गर्दै नेपालमा लायन्स क्लवहरुको योगदान आँखामा महत्त्वपूर्ण रहेकाले आगामी दिनमा थप अगाडि बढाउँदै लैजाने बताउनुभएको थियो भने, ग्रामीण क्षेत्रमा वस्ने, स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकहरुको लागि आफुहरु स्थलगत रुपमै पुगेर स्वास्थ्य शिविर चलाउँदै आएको बताईएको थियो ।
विश्व दृष्टि दिवसको अवसरमा निकालिएको प्रभातफेरी कार्यक्रममा लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ, बुटवल लायन्स आँखा अस्पताल, नेपाल दृष्टि विशेषज्ञ संघ, मायादेवी टेक्निकल कलेज बुटवल र लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली लगायतको उपस्थिति रहेको थियो ।